श्रावण १८, २०८३ सोमबार August 3, 2026

प्रकाश र मेलिनाको कौडा भाका ‘जुन माया’ सार्वजनिक (भिडियो सहित)

कौडा भाकाको यो युगल गीतमा प्रकाश र गायिका मेलिना राईको स्वर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः लोकगायक एवम् सर्जक प्रकाश दूतराजले नयाँ गीत सार्वजनिक गर्नुभएको छ । कौडा भाकाको यो युगल गीतमा प्रकाश र गायिका मेलिना राईको स्वर छ ।

गीतलाई प्रकाशले आफ्नो सुपरहिट गीत ‘घर कता हो बैनीको’को सिक्वेलका रूपमा स्रोता एवम् दर्शकसामु पेस गर्नुभएको हो । उहाँकै शब्द एवं सङ्गीत रहेको गीतमा सङ्गीत संयोजनको काम श्यामश्वेत रसाइलीको छ ।

भिडियोमा ‘घर कता हो बैनीको’ गीतकै कलाकारहरू प्रस्तुत छन् । प्रकाश दूतराजसँगै विजय पुन, जुना सुन्दास र आयुष्मा कार्कीको अभिनय भिडियोमा हेर्न सकिन्छ ।

मौसम हिमालीको निर्देशन, अनिल के. मानन्धरको छायाङ्कन रहेको ‘जुन माया’ भिडियोलाई नवीन घर्ती मगरले सम्पादन गर्नुभएको हो ।

भिडियोमा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया