श्रावण २, २०८२ शुक्रबार July 18, 2025

अष्ट्रेलिया, अमेरिका र बेलायतबीच पनडुब्बी सम्झौता हुँदै

राष्ट्रपति जो बाइडेनले आगामी सोमबार क्यालिफोर्नियाको सान डिएगोमा अल्बानिज र बेलायतका प्रधानमन्त्री ऋषि सुनकसँग एयुकेयुएससम्बन्धी छलफल गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई दृष्टिगत गरी अष्ट्रेलिया, अमेरिका र बेलायतका शीर्ष नेताबीच आगामी साता यहाँ भेटवार्ता हुने भएको छ । सुरक्षा र विदेश नीतिबारे छलफल गर्ने उद्देश्यले हुन लागेको उक्त भेटवार्तापछि त्रिदेशीय परमाणु पनडुब्बी सम्झौता हुने अपेक्षा गरिएको सम्बद्ध अधिकारीहरूले बताएका छन् ।

अष्ट्रेलिया, अमेरिका र बेलायतबीच १८ महिनासम्म वार्ता भएको थियो । आगामी वार्तामा अष्ट्रेलियाले आठवटा आणविक पनडुब्बी प्राप्तिको योजना प्रस्तुत गर्नुहुने बताइएको छ । प्रधानमन्त्री एन्थोनी अल्बानिजले आफ्नो देशको इतिहासमा आणविक पनडुब्बी प्रतिरक्षा क्षमता अभिवृद्धिका निम्ति महत्त्वपूर्ण हुने बताउनुभएको छ ।

पनडुब्बी सम्झौता अष्ट्रेलिया, संयुक्त अधिराज्य र अमेरिकाबीचको नयाँ क्षेत्रीय सम्झौताको नयाँ हिस्सा हो जसलाई एयुकेयुएस पनि भनिन्छ । राष्ट्रपति जो बाइडेनले आगामी सोमबार क्यालिफोर्नियाको सान डिएगोमा अल्बानिज र बेलायतका प्रधानमन्त्री ऋषि सुनकसँग एयुकेयुएससम्बन्धी छलफल गर्ने बताउनुभएको थियो । राष्ट्रपति कार्यालयले पनि उहाँहरूसँग बेग्लाबेग्लै द्विपक्षीय वार्ता हुने जनाएको छ । अष्ट्रेलिया र संयुक्त अधिराज्यले पनि एयुकेयुएस बैठकको घोषणा गरेका छन् ।

आगामी सोमबार नै बेलायत सरकारले सुरक्षा, प्रतिरक्षा र विदेश नीतिसम्बन्धी एकीकृत समीक्षाको अद्यावधिक विवरण सार्वजनिक गर्ने प्रधानमन्त्री सुनकका प्रवक्ताले लण्डनमा जानकारी दिनुभएको छ । युरोपेली सङ्घबाट बाहिरिएपछि बेलायतले आफ्नो विदेश नीतिलाई पुनः समीक्षा गरेको छ । बेलायतले त्रिदेशीय सम्झौतामा कुनै पनि राष्ट्रको प्रतिद्वन्द्वी बन्ने उद्देश्य निहित नभएको स्पष्ट गरेको छ । यद्यपि यसलाई चीनको बढ्दो प्रभाव र सैन्य विस्तारको गतिलाई लिएर पश्चिमा मुलुकको प्रतिकार्यका रूपमा हेरिएको छ ।

पनडुब्बी सम्झौताको विपक्षमा रहेको चीनले आफूलाई पाखा लगाउन पश्चिमा मुलुकले नियोजित रूपमा परियोजना अघि बढाएका भन्दै विरोध जनाएको छ । अमेरिकासहितको नयाँ गठबन्धनप्रति बेइजिङले प्रारम्भदेखि नै आपत्ति जनाउँदै आएको छ । नयाँ गठबन्धनलाई चीनले क्षेत्रीय शान्ति, स्थायित्व र स्थिरताका निम्ति अत्यन्त गैरजिम्मेवारपूर्ण कदम भन्दै वासिङ्टन, क्यानबेरा र लण्डनको निन्दा गरेको छ । क्षेत्रीय शान्ति र स्थायित्वमा गम्भीर आँच पुग्ने जनाउँदै बेइजिङले सम्झौताबाट अन्तर्राष्ट्रिय आणविक अप्रसार प्रयासमा तुषारपात भएको बताएको छ ।

अष्ट्रेलियाले प्राप्त गर्ने पनडुब्बी बेलायत वा अमेरिकामा निर्मित हुने भन्ने केही खुलाइएको छैन । कुन देशको प्रविधि अष्ट्रेलियाले भित्र्याउन खोजेको हो भन्नेबारेमा स्पष्ट भएको छैन भने कहिलेदेखि ती पानीमा सञ्चालन हुनेछन् भन्ने पनि स्पष्ट भएको छैन । यद्यपि, केही अमेरिकी विधायकहरूले अमेरिकामा निर्मित पनडुब्बी अष्ट्रेलियाले पाउने बताएका छन् । अमेरिकी रक्षा मन्त्रालयले पनि यथाशक्य चाँडो अष्ट्रेलियालाई पनडुब्बी उपलब्ध गराइने जनाएको छ ।

आणविक शक्तिबाट सञ्चालन हुने पनडुब्बी लामो समयसम्म लामो दूरीमा जानसक्छन् । पनडुब्बीमा अत्याधुनिक क्षेप्यास्त्रलगायत हातहतियार हुनेछन् ।-एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार