श्रावण २, २०८२ शुक्रबार July 18, 2025

उत्तरी सिरियामा तीन जना ‘ट्रफल हन्टर’ मारिए, २६ जना अपहरणमा

बाह्र वर्ष लामो युद्ध र आर्थिक सङ्कटको चपेटामा परेको सिरियामा मरुभूमिको ‘ट्रफल्स’ले उच्च मूल्य पाउँछ ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इस्लामिक स्टेट (आइएस) समूहका संदिग्ध लडाकू समूहले शनिबार उत्तरी सिरियामा तीन ‘ट्रफल हन्टर’ को हत्या गर्नुका साथै अन्य २६ जनालाई अपहरण गरेको एक युद्ध अनुगमनकारी निकायले जनाएको छ ।

सिरियाली मानवअधिकार अनुगमनका लागि बनेको बेलायतस्थित ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’का अनुसार अलेप्पोको दक्षिणपूर्वमा रहेको मरुभूमिमा इस्लामिक स्टेट (आइएस) समूहमा आबद्ध सशस्त्र व्यक्तिहरूले शिकारीहरूलाई निशाना बनाएर तीनजनाको घाँटी काटेर हत्या गरेका थिए भने महिलासहित कम्तीमा २६ जनालाई अपहरण गरेका थिए ।

सिरियामा रहेका स्रोतको विस्तृत सञ्जालमा निर्भर रहेको बेलायतस्थित अब्जरभेटरीले इरान समर्थित सेनाको कब्जामा रहेका स्थान नजिकै सर्वसाधारणमाथि आक्रमण भएको जनाएको छ ।

Three truffle hunters killed, 26 kidnapped in north Syria: monitor | The  Peninsula Qatar

सिरियाको सरकारी सञ्चारमाध्यमले तत्काल उक्त घटनाबारे कुनै जानकारी दिएको छैन ।

प्रत्येक वर्ष फेब्रुअरी र अप्रिलको बीचमा सयौं गरिब सिरियालीहरू विशाल सिरियाली मरुभूमि वा बाडियामा ‘ट्रफल’को खोजी गर्छन् ।

अब्जरभेटरीका अनुसार गत फेब्रुअरीदेखि अहिलेसम्म चरमपन्थीले छोडेका ‘ट्रफल हन्टर’ वा खानीलाई लक्षित गरी आइएसले गरेको आक्रमणमा परी १३९ जनाको मृत्यु भएको छ ।

सन् २०१९ को मार्चमा अमेरिकी नेतृत्वको गठबन्धनको समर्थनमा भएको सैन्य आक्रमणपछि जिहादीहरूले आफ्नो अन्तिम भूभाग गुमाएपछि सिरियामा रहेका आइएसका अवशेषहरू प्रायः मरुभूमिमा लुकेर बसेका थिए ।

त्यसपछि उनीहरूले सर्वसाधारण, कुर्द नेतृत्वको सेना, सिरियाली सरकारी सेना र इरान समर्थक लडाकुहरूमाथि आक्रमण गर्न र छिमेकी इराकमा पनि आक्रमण गर्न यस्ता एकान्त स्थानहरू प्रयोग गर्दै आएका छन् ।

बाह्र वर्ष लामो युद्ध र आर्थिक सङ्कटको चपेटामा परेको सिरियामा मरुभूमिको ‘ट्रफल्स’ले उच्च मूल्य पाउँछ ।

बारूदी सुरङ्ग र आइएस लडाकुका बारेमा पटक–पटक चेतावनी दिइए पनि फोरेजरहरूले आफ्नो ज्यान जोखिममा राखेर खानाका परिकारहरू सङ्कलन गर्छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार