श्रावण १८, २०८३ सोमबार August 3, 2026

गायक पुष्कल शर्मा र शान्ती श्री परियारको ’पुरानो घाउ’ (भिडियो)

गायक सुन्दर परियारको मार्मिक लोकदोहोरी गीत ’पुरानो घाउ’ सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गायक पुष्कल शर्मा र गायिका शान्ती श्री परियारको स्वरमा रहेको ’पुरानो घाउ’ गीतको भिडियो सार्वजनिक भएको छ ।

प्र्रवासमा रहेर पनी दुई दर्जनभन्दा बढी गीतमा सुमधुर आवाज र एक दर्जनभन्दा बढी गीतमा आफै शब्द र संगीत गरेका गायक सुन्दर परियारले यस पटक भने निकै मार्मिक लोकदोहोरी गीत ’पुरानो घाउ’ मा शब्द लेखेका छन् ।’

भुल्दै भुल्दै जाउ यो दुखीलाई अब त भुल्दै भुल्दै जाउ, देखेसी बल्झिन्छ उही पुरानो घाउ’ प्रेमीले प्रेमिकालाई भुल्न निकै कठिन परेको र प्रेमिकालाई ब्रेनट्युमर  भएका कारण झनै बज्रपात परेको अवस्थालाई भिडियोमा देखाईएको छ ।

कुवेतलाई कर्मथलो बनाउदै आएका श्याम बिसीको निर्देशन रहेको भिडियोको सम्पादन भने इन्द्र थापा मगरले गरेका छन् ।

उक्त गीतको भिडियोमा कुवेतमै कार्यरत कृष्ण कार्की, मनिषा पाण्डे, श्याम बिसी, गायक बिबि मल्ल थकुरी, गोबिन्द बराल लगायतको अभिनय रहेको छ ।

भिडियोमा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया