श्रावण २, २०८२ शुक्रबार July 18, 2025

इराकमा २२ जना आईएस लडाकु मारिए

इराकी सेनाको कारबाहीमा केही नेताहरूसहित २२ इस्लामिक स्टेटका लडाकु मारिएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इराकको पश्चिमी प्रान्त अन्बारमा भएको कारबाहीमा केही नेताहरूसहित २२ इस्लामिक स्टेटका लडाकु मारिएको  इराकी सेनाले आइतबार जनाएको छ ।

इराकी काउन्टर–टेररिज्म सर्भिसका प्रमुख लेफ्टिनेन्ट जनरल अब्दुल वहाब अल–सादीले पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार दुई चरणमा हवाई सेनाले रुत्बा सहरबाट करिब चार सय किलोमिटर पश्चिम उत्तरमा रहेको दुर्गम क्षेत्रमा कारबाही गरेको थियो ।

मारिएका सबै लडाकूहरूले विस्फोटक बेल्ट लगाएका थिए भने मारिएकाहरूमा केही वरिष्ठ नेताहरू पनि रहेका छन् । पछिल्लो समय इराकी सुरक्षा बलहरूले चरमपन्थी लडाकूहरूविरुद्ध तिनीहरूको तीव्र गतिविधिलाई रोक्नका लागि अपरेसनहरू सञ्चालन गरेका छन् ।

सन् २०१७ आईएसको पराजय पछि इराकको सुरक्षा स्थितिमा सुधार भइरहेको छ । यद्यपि सहरी केन्द्रहरू र दुर्गम क्षेत्रहरूमा लुकेर सुरक्षा बल र नागरिकहरूविरुद्ध बारम्बार छापामार आक्रमणहरू गर्दै आएका छन् । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार