वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

 विधान संशोधनका लागि कांग्रेसलाई सुझाव –शुकदेव दाहाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस यतिखेर संगठनलाई चुस्त र बलियो बनाउँदै नयाँ संरचनामा जाने तयारीमा रहेको छ । पार्टीको १३ औं महाधिवेशनमा नै विधान संशोधन गर्ने विषयमा उठाइएको भएपनि त्यतिबेला तत्काल आवश्यकता नभएको भन्दै नेताहरुबीच सहमति जुट्न नसकेपछि थाँती राखिएको थियो । त्यतिबेला थाँती राखिएको भएपनि अहिले भने यो अनिवार्य भएको छ ।

मुलुक संघीय संरचनमा गएसँगै पार्टीको संरचना भने पुरानै अवस्थामा गुज्रिरहेको छ । संघीय संरचना अनुसार पार्टीलाई अघि बढाउन नसकेका कारण विगतमा सम्पन्न भएका तीनै तहको निर्वाचनमा कांग्रेसले टिकट वितरणलाई व्यवस्थित गर्न सकेन । जसका कारण कांग्रेसले कांग्रेसलाई नै हराउन पुगेको अवस्था थियो ।

जनस्तरमा राम्रो र इमान्दार कार्यकर्तालाई पन्छाएर केन्द्रले आफ्नो स्वार्थमा टिकट वितरण गरेपछि कांग्रेसले धेरै स्थानमा आफ्नो पकड गुमाउन पुगेको अवस्था थियो । यस्ता यावत आन्तरिक किचलोका कारण कांग्रेस प्रतिपक्षी दलको रुपमा खुम्चिएको छ । पार्टीको महाधिवेशन भएको पनि दुई वर्ष पुरा भैसकेको छ । तेस्रो वर्षमा देउवाको कार्यकाल चलिरहेको अवस्था छ ।

महाधिवेशन भएको दुई महिनामा गर्नुपर्ने काम अझैसम्म पनि भएको छैन । केन्द्रीय समितिलाई पुर्णता, विभाग गठन लगायतका काम अझै भएको छैन भने पदाधिकारी समेत केसी समयअघि मात्रै पुर्ण भएका छन् । सिंगो पार्टी संघीय संरचना अनुसार अघि बढ्नुपर्नेमा केन्द्रीय समिति नै पुर्ण हुन नसक्दा पार्टी कसरी चलायमान हुनसक्छ आम कांग्रेस कार्यकर्ताको गुनासो छ ।

यहि गुनासोको बीचमा कांग्रेसले महासमिति मार्फत विधान संशोधनको प्रक्रिया अघि बढाएको छ । पार्टीको विधान समयानुकूल परिमार्जनका लागि यही भदौ २३ गतेसम्म प्रारम्भिक मस्यौदा तयार गर्ने तयारीमा रहेको छ । मूल समितिले भदौभित्र एकीकृत गरी सातै प्रदेशमा मस्यौदामाथि अन्तक्र्रिया गर्ने र त्यसको सुझावको आधारमा अन्तिम मस्यौदा तयार गरी पार्टीको केन्द्रीय कार्यसमितिमा पेश गर्ने योजना बनाएको छ । समितिले पार्टीका विभिन्न निकाय, भातृ एवं शुभेच्छुक संस्था, जनसम्पर्क समितिलगायत सरोकारवालाबाट सुझाव संकलन गरिरहेको जनाएको छ ।

मुलुकको नयाँ संरचना अनुसार काँग्रेसले वडा तहभन्दा मुनी बुथ, वडा, स्थानीय तह, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश, केन्द्र, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यअनुसार तहको पार्टी संरचना बनाउने तयारी गरेको छ । पार्टी संरचनालाई बलियो बनाउने र कार्यकर्तालाई चलायमान बनाउका लागि कांग्रेसले अब वडा तहबाट नै संगठन विस्तार गर्नु जरुरी रहेको छ । विगतमा नगरपालिकामा मात्रै रहेको वडा कमिटिलाई अब गाउँपालिकामा पनि केन्द्रीत गर्नुपर्दछ । गाउँपालीका र नगरपालिका तथा महानगर, उपमहानगरमा वडा कमिटिबाट संगठन विस्तार गर्दै त्यहि अनुसार गाउँ समिति बनाउनुपर्दछ र गाउँ समितिलाई अधिकार सम्पन्न बनाउनु पर्दछ ।

त्यस्तै प्रदेश कमिटिलाई पनि प्रदेशको काम गनसक्ने गरि बलियो बनाउनुपर्दछ । प्रदेशमा पनि प्रतिपक्षी दलको रुपमा पार्टी नेतृत्वले काम गर्नुपर्दछ । जिल्लाले गर्ने काम अब गाउपालिका र क्षेत्रलाई दिनु उपयुक्त हुनेछ । जिल्लालाई समन्वय समितिको भुमिकामा राख्नु बेस हुनेछ । अब जिल्लाको त्यति महत्व देखिदैन । हिजो सबै काम जिल्लाबाट हुने भएकाले जिल्लामा बसेर समन्वय गर्नका लागि पनि जिल्ला कार्यसमितिको महत्व रहेको थियो तर अब जिल्ला भन्दा गाउँपालिकाको महत्व बढि रहेको छ ।

यस्तै प्रदेशसँगै केन्द्रीय समितिलाई पारदर्शी बनाउनतर्फ लाग्नुपर्ने देखिन्छ । महाधिवेशन भएको दुई वर्षमा पनि पार्टीको संरचनापुर्ण भएका छैनन् । यसले एकातिर पार्टी नेताहरु बेरोजगार रहने अर्कोतिर संगठन कमजोर हुने यस्तो अवस्थाको अन्त्य हुने बाटो पनि खोजिनुपर्दछ । सभापतिलाई दिएको अधिकार अनिवार्य रुपमा महाधिवेशन भएको दुई महिनाभित्र पुरा गर्नेपर्ने प्रावधान राख्नुपर्दछ ।

दुई महिनाभित्र नगरे फेरि गर्न नपाउनेसम्मको व्यवस्था गरियो भने सभापति निर्णय गर्न बाध्य हुनेछन् । केन्द्रीय समितिलाई भद्दा बनाउनु भन्दा थोरै तर प्रभावकारी बनाउनु उपयुक्त हुनेछ । कांग्रेसमा सबैभन्दा जटिल कुरा के हो भने अनुशासनहिन कार्यकर्ता,जसका कारण जति अन्र्तरघात गरेपनि कारबाही नहुने भएकाले कांग्रेसलाई आफ्नैबाट सँधै डर हुनेगर्दछ । यस्तो परम्पराको पनि अन्त्य हुनेगरि गल्ती गर्नेलाइृ कारबाही हुनैपर्ने व्यवस्था राख्न सकियो भने कांग्रेस बलियो र असल र इमान्दार कार्यकर्ताको पनि सम्मान हुनेछ । नवाकोट पुकार साप्ताहिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार