श्रावण २, २०८२ शुक्रबार July 18, 2025

म्यान्मामा एक गुम्बामा भएको झडपमा २९ जनाको मृत्यु

स्थानीय विद्रोही समूह र सैनिकले लगाए एकअर्कामाथि गत शनिबार भएको नरसंहारको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः म्यान्माको दक्षिणी शान राज्यको एक गुम्बामा तीन भिक्षुसहित कम्तीमा २९ जनाको मृत्यु भएको ‘म्यान्मा नाउ’ले जनाएको छ । स्थानीय विद्रोही समूह र सैनिकले एकअर्कामाथि गत शनिबार भएको नरसंहारको आरोप लगाएका छन् ।

आइतबार अनलाइनमा पोस्ट गरिएको तस्बिरमा गाउँको गुम्बाको प्रवेशद्वार नजिकै रगतले लतपतिएका थुप्रै शवहरू देखिएका छन्, जसमा तीन जना बौद्ध भिक्षुका पनि छन् । गुम्बाको अगाडिको भाग पनि गोलीका प्वालहरूले भरिएको देखिन्छ । ढिलोगरी सञ्चारमाध्यममा आएको यो सूचनाले सम्पूर्ण विश्व समुदायलाई स्तब्ध बनाएको छ ।

यसै महिनाको सुरुमा सागाइङ क्षेत्रको मिन्मु टाउनशिपमा जुन्टा सेनाले १७ जना गाउँलेको हत्या गरेको केही दिनपछि शनिबार नानेइन्ट गाउँमा पछिल्लो घटना भएको त्यहाँका विद्रोही स्रोतले जनाएको छ ।

म्यान्मा नाउले स्वतन्त्र रूपमा पुष्टि गरेको ‘क्यारेनी नेसनलिटीज डिफेन्स फोर्स (केएनडीएफ)’ ले सार्वजनिक गरेको तस्बिरमा मृतकको टाउको र शरीरका अन्य भागमा गोली लागेको स्पष्ट देखिन्छ । गुम्बाका भित्ताहरूमा तल भुइँमा रगतले लतपतिएका शवहरू पङ्क्तिबद्ध भएर लडेको देखिन्छ ।

केएनडीएफका प्रवक्ताका अनुसार अहिलेसम्म २२ जनाको शव निकालिएको छ भने अन्य सात जना अझै घटनास्थलमै रहेको अनुमान गरिएको छ । ’गुम्बाको पछाडि थप सात वटा शव छन्, जुन हामीले अहिलेसम्म सङ्कलन गर्न सकेका छैनौँ,’ सुरक्षाको कारण देखाउँदै नाम नबताउने सर्तमा प्रवक्ताले भने ।

म्यान्मामा सन् २०२१ मा सैन्य नेता मिन आङ ह्लाइङले सत्ता कब्जा गरेपछि राजनीतिक हिंसामा फसेको छ । जसले पाँच करोड ५० लाख जनसङ्ख्या भएको दक्षिणपूर्वी एशियाली मुलुकको प्रजातान्त्रिक शासन व्यवस्थाप्रतिको आन्दोलन थप पछि धकेलिएको छ ।एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार