श्रावण २, २०८२ शुक्रबार July 18, 2025

साउदीले इरानमा चाँडै लगानी शुरु गर्न सक्छ : अर्थमन्त्री अल–जदान

“लगानी नहुनुको कुनै कारण छैन । मेरो मतलब, इरान हाम्रो छिमेकी हो र सयौं वर्षदेखि रहँदै आएको छ र रहिरहनेछ ।”

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः साउदी अरबले इरानसँग कूटनीतिक सम्बन्ध पुनःस्थापना गर्न सहमति जनाएपछि साउदी अरबले इरानमा ‘चाँडै’ लगानी सुरु गर्न सक्ने साउदी अर्थमन्त्रीले बुधबार बताउनुभएको छ ।

मोहम्मद अल–जदानले इरानमा ‘धेरै अवसर’ रहेको र दुई खाडी मुलुकबीच लगानी हुन नदिन आफूले कुनै कारण नदेखेको बताउनुभयो ।

रियादमा आयोजित वित्तीय क्षेत्रको एक सम्मेलनमा साउदी अरबले इरानमा ‘महत्वपूर्ण’ लगानी गर्न कति चाँडो सुरु गर्न सक्छ भन्ने प्रश्नमा उहाँले भन्नुभयो, “म यस बिषयमा अहिल्यै होइन, छिट्टै भन्नेछु ।”

“जब मानिसहरू वास्तवमै सहमति भएका सिद्धान्तहरूमा अडिग रहन्छन्, मलाई लाग्छ कि यो चाँडै हुन सक्छ ।”

शुक्रबार चीनको मध्यस्थतामा साउदी अरब र इरानले दुई महिनाभित्र सम्बन्ध पुनःस्थापना र कूटनीतिक नियोगहरू पुनः सञ्चालन गर्ने दिशामा काम गर्न सहमत भएका छन् ।

सन् २०१६ मा साउदी अरबले एक शिया धर्मगुरुलाई मृत्युदण्ड दिएपछि हिंसात्मक प्रदर्शन भएको र तेलका लागि धनी मानिने यी प्रतिद्वन्द्वीले सम्बन्ध विच्छेद गरेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ मा तेहरान र प्रमुख शक्तिराष्ट्रबीच भएको ऐतिहासिक आणविक सम्झौता त्यागेपछि इरानमाथि अमेरिकी प्रतिबन्ध लगाइएको छ । लामो समयदेखि अमेरिकाको सहयोगी रहेको साउदी अरबले तेललगायत प्रमुख क्षेत्रलाई लक्षित गरी लगाइएको प्रतिबन्धलाई समर्थन गर्ने प्रतिवद्धता जनाएको थियो ।

तर अल–जदानले भन्नुभयो, “लगानी नहुनुको कुनै कारण छैन । मेरो मतलब, इरान हाम्रो छिमेकी हो र सयौं वर्षदेखि रहँदै आएको छ र रहिरहनेछ ।”

उहाँले भनाईलाई जोड्दै तर्क गर्नुभयो, “त्यसैले लगानीमा सम्बन्धको सामान्यीकरणलाई रोक्न सक्ने म कुनै पनि मुद्दा देख्दिन । जबसम्म हामी सम्झौतामा अडिग रहन्छौं, तबसम्म तपाईंलाई थाहा छ, सार्वभौम अधिकारको सम्मान गर्दै, अन्य मामिलामा हस्तक्षेप हुँदैन ।”

उहाँले भन्नुभयो, “मलाई लाग्छ इरानमा धेरै अवसरहरू छन् र हामी पनि उनीहरूका लागि धेरै अवसरहरू प्रदान गर्न सक्छौँं ।”एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार