श्रावण १८, २०८३ सोमबार August 3, 2026

समीक्षा अधिकारीको ‘डाँडै पिपल’मा सुधिर र आरुषीको रोमान्स

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः गायिका समीक्षा अधिकारी र गायक झलक पुनको ‘डाँडै पिपल’ बोलको गीतको भिडियो सार्वजनिक गरिएकाे छ ।

गीतकार तथा संगीतकार दीपक शर्माको शब्द तथा संगीत रहेको  डाँडै पिपलमा एरेन्ज नरेन्द्र बियोगीले गरेका हुन् । मौसम हिमालीको निर्देशन रहेको भिडियोमा  मोडलद्वय सुधिर श्रेष्ठ र आरुषी मगरको अभिनय छ । लोकशैलीको रोमान्टिक गीतमा एक जोडीको सफल प्रेम कहानीलाई देखाइएको छ । जसमा सुधिर र आरुषी गज्जबसँग खुलेका छन् ।

म्याग्दीको बरंजामा जन्मे हुर्केका गायक झलकले चौबन्दी चोली बोलको गीतबाट गायन यात्रा सुरु गरेका हुन् । अध्ययनको शिलशिलामा  काठमाडौँ आएर अध्ययनसँगसँगै गीत संगीतमा पनि लागेका झलक हाल अष्ट्रेलियामा छन् ।

उनका मगरको छोरो सालैजो भाका, झरी परेको त्यो दिन पप, लगायत अन्य गीतका भिडियोहरु बजारमा आइसकेका छन् । सार्वजनिक डाँडै पिपलमा नवराज उप्रेती छायांकन, नबिन घर्तीमगरको सम्पादन रहेको सार्वजनिक गीतको भिडियो झलक पुन युट्युब च्यानलबाट रिलिज गरिएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया