काठमाण्डौः आगामी जेठ ५ गतेलाई रिलिज मिति तोक्दै चलचित्र ‘गणपति’को पोस्टर सार्वजनिक गरिएको छ ।
आस्थाका रूपमा रहेका भगवान र भौतिक रूपमै पृथ्वीमा उपस्थित मानिसबीचको फरक देखाउने यो चलचित्रको पोस्टरमा प्रमुख कलाकारद्वय मुकुन भुसाल र मेनुका प्रधान समावेश छन् । गणेशको अनुहार झल्किने मुकुण्डो लगाएको व्यक्तिलाई अगाडि राखिएको छ ।
निर्देशक सविन अधिकारीले यो चलचित्रले नेपाली समाजको चरित्र चित्रण गर्ने बताए । ‘कोही व्यक्ति कुनै बेला त्यही समाजको भगवान बन्छ भने सोही व्यक्तिलाई हाम्रै समाजले नरकीय व्यवहार गर्छ । त्यसकै वरपर ‘गणपति’को कथा घुमेको छ,’ उनले भने । यो चलचित्रमा निर्देशनसँगै लेखन पनि सविन अधिकारीको नै छ ।
मुकुन र मेनुकाको साथमा कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, सुशील पोखरेललगायतको अभिनय छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया