श्रावण २, २०८२ शुक्रबार July 18, 2025

अफगानिस्तानमा एक सयभन्दा बढी आईएस लडाकु मारिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अफगानिस्तानको कार्यवाहक सरकारको सुरक्षा बलले विगत १२ महिनामा दाएस वा इस्लामिक स्टेट (आईएस) सङ्गठनसँग आबद्ध १०० जनाभन्दा बढी लडाकुहरूलाई मारेको स्थानीय सञ्चारमाध्यम टोलोन्युजले मङ्गलबार उल्लेख गरेको छ ।

निजी म सञ्चार माध्यमका अनुसार सुरक्षा बलहरूले काबुल, बाल्ख, हेरात र अफगानिस्तानका अन्य भागहरूमा आईएस लडाकुहरू लुकेका ठाउँहरूमा पछिल्लो समय ७० भन्दा बढी  सैन्य कारवाही गरेका छन्।

सन् २०२१ अगष्टमा तालिबानले देश कब्जा गरेपछि सुरक्षा स्थितिमा उल्लेखनीय सुधार आएको भए पनि युद्धग्रस्त देशले धेरैजसो आत्मघाती बम आक्रमण र आतङ्कवादी हमलाहरूको भने सामना गरिराखेको छ । पछिल्ला आतङ्कवादी हमलाको जिम्मेवारी भने आइएसले लिएको  छ । उत्तरी बाल्ख प्रान्तमा भएको उक्त हमलामा प्रान्तीय गभर्नरको मृत्यु भएको थियो भने पाँच जना पत्रकारसहित थुप्रै घाइते भएका थिए ।

तर विदेश मन्त्री मौलावी अमिर खान मुत्ताकीले अफगानिस्तानको कुनै पनि भागमा आइएसको अस्तित्व नभएको दाबी गर्दै आईएस समूहलाई खतराको रूपमा अस्वीकार गरेका छन् । यसअघि तालिबानद्वारा सञ्चालित कार्यवाहक प्रशासनका प्रमुख प्रवक्ता जबिहुल्लाह मुजाहिदले दाएस “गम्भीर खतरा होइन” र सुरक्षा बलहरूले उग्रवादी समूहलाई नियन्त्रणमा लिन सक्ने बताएका थिए । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार