काठमाडौंः चलचित्र ‘प्रसाद २’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको पहिलो गीत ‘मार्सी धान’ मङ्गलबार प्रदर्शन गरिएको हो । ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीतमा राजनराज सिवाकोटी र मिलन नेवारको स्वर, राजनराजकै शब्द तथा सङगीत छ ।
लोक शैलीमा तयार पारिएको गीतको भिडियोमा विक्रम स्वारको नृत्य निर्देशन रहेको छ । गीतको भिडियोमा कलाकार विपिन कार्की, केकी, आस्मा विश्वकर्मा र सरोज अधिकारीको नृत्य हेर्न सकिन्छ ।
अर्पण थापा, महेश त्रिपाठीलगायतका कलाकारको पनि मुख्य भूमिका रहेको चलचित्रलाई सुदर्शन थापाले निर्देशन गर्नुभएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया