श्रावण २, २०८२ शुक्रबार July 18, 2025

ताइपेइले होन्डुरसका लागि आफ्ना राजदूत फिर्ता बोलायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ताइवानले होन्डुरसका लागि आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ । होन्डुरसका विदेशमन्त्रीको चीन भ्रमणको विरोधमा ताइपेइले आफ्ना राजदूतलाई टेगुसिगाल्पाबाट आज फिर्ता बोलाएको हो ।

ताइवानसँगको आठ दशकभन्दा लामो कूटनीतिक एवम् मैत्रीपूर्ण सम्बन्धलाई बेवास्ता गर्दै टेगुसिगाल्पाले आफ्ना विदेशमन्त्रीलाई चीन भ्रमणमा पठाएर ताइवानी जनता र सरकारको भावनामा चोट पु¥याएकाले त्यसको विरोधस्वरुप आफ्ना राजदूतलाई तत्काल स्वदेश फर्कने आदेश दिइएको ताइवानी विदेश मन्त्रालयले जनाएको छ ।

“होन्डुरसको पछिल्लो कदमप्रति कडा असन्तुष्टि व्यक्त गर्न हामीले होन्डुरसमा रहेका हाम्रा राजदूतलाई तत्काल स्वदेश फिर्ता बोलाउने निर्णय गरेका छौँ, ” ताइवानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

होन्डुरसका विदेशमन्त्री एडुआर्डो एनरिके रेना बेइजिङसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने विषयमा वार्ता गर्न चीनतर्फ प्रस्थान गर्नुअघि ताइवानले राजदूत फिर्ता बोलाउने निर्णय गरेको सरकारी अधिकारीहरूले बताएका छन् ।

यसअघि विदेशमन्त्री रेनाले देशको बढ्दो आर्थिक समस्याका कारण चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्नुपर्ने बाध्यात्मक परिस्थिति उत्पन्न भएको बताउनुभएको थियो ।

ताइवानले वार्षिक रूपमा प्रदान गर्दै आएको पाँच करोड डलर अनुदानलाई एक वर्ष १० करोड गर्न तथा तिर्न बाँकी रहेको ६० करोड डलर सहुलियत ऋण पुनःसंरचनाका निम्ति गरेको आग्रहप्रति सकारात्मक जवाफ नदिएको उहाँले उल्लेख गर्नुभएको थियो ।

होन्डुरसका जनताको आवश्यकतालाई ध्यानमा राख्दै थप महत्वपूर्ण सम्बन्ध प्रस्ताव गरिएको तर ताइवानले त्यसलाई अस्वीकार गरेको उहाँको कथन थियो । मध्यअमेरिकी राष्ट्र होन्डुरस यो क्षेत्रको सबैभन्दा निर्धन मुलुक हो ।

एक करोड जनसङ्ख्या भएको होन्डुरसमका करिब ७४ लाख जनता गरिबीको चपेटाबाट मुक्त हुन सकेका छैनन् । होन्डुरसको चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने निर्णय सार्वजनिक हुनेवित्तिकै बेइजिङले त्यसको स्वागत गरेको थियो ।

गत बुधबार बेइजिङमा भएको नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता वाङ बिनले एक चीन सिद्धान्तका आधारमा होन्डुरससहित विश्वका अन्य देशहरूसँग मैत्री एवम् सहयोगात्मक सम्बन्ध विकास गर्न बेइजिङ सधै इच्छुक रहेको बताएका थिए ।

राष्ट्रपति जिओमारा क्यास्ट्रोले विदेशमन्त्री रेनालाई जनवादी गणतन्त्र चीनसँग आधिकारिक सम्बन्ध स्थापना गर्न निर्देशन दिनुभएको थियो ।

राष्ट्रपति क्यास्ट्रोले चुनावी अभियानको क्रममा अघिल्लो साता आफ्नो सरकारले चीनसँग जलविद्युत् बाँध निर्माणका निम्ति वार्ता गरिरहेको घोषणा पनि गर्नुभएको थियो ।

होन्डुरस सरकारले ताइपेईसँग आधिकारिक रूपमा सम्बन्ध तोडेको हो कि भन्नेबारे तत्काल टिप्पणी भने गरेको छैन । यद्यपि बेइजिङको ‘एक चीन’ सिद्धान्तअनुसार कुनै पनि देशले चीन र ताइवान दुवैसँग आधिकारिक कूटनीतिक सम्बन्ध राख्न सक्दैनन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार