काठमाण्डौः आज मध्यरातबाट लागू हुने गरी अमेरिका र क्यानडाले नयाँ सम्झाैता गरेका छन् ।
अन्तर्राष्ट्रिय मिडियाका अनुसार, पछिल्लाे सहमतिसँगै अब दुई देशबीच रहेका अनौपचारिक सीमाहरू बन्द गरिनेछन् । अनौपचारिक सीमा पार गरेर शरण खोज्न आउनेहरूलाई रोक्न यस्ताे सम्झाैता भएकाे हाे ।
चाेर बाटाेहुँदै अमेरिका छिर्न खोज्नेलाई प्रक्रिया पुर्याएर औपचारिक नाकाबाट मात्रै प्रवेश गर्न दिनेमा दुई देश सहमत छन् । ठूलो संख्यामा आप्रवासीहरूले अमेरिका-क्यानडा सीमाको रोक्सहम सडकहुँदै सीमा पार गर्दै आएका थिए । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया