वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

आगामी वैशाखमा पाँच चलचित्र एकसाथ रिलिज हुँदैं

‘नाईं नभन्नू ल–६’ रिलिज डेट लिएसँगै वैशाख १ गते पाँच वटा सिनेमा प्रदर्शनमा आउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आगामी वैशाख १ गते ५ वटा नेपाली चलचित्र रिलिज हुने भएका छन् । ‘नाईं नभन्नू ल–६’ रिलिज डेट लिएसँगै वैशाख १ गते पाँच वटा सिनेमा प्रदर्शनमा आउने भएका हुन् । वैशाख १ गते ‘नाईं नभन्नू ल–६’ सँगै ‘जारी’, ‘बिहे पास’, ‘बुलाकी’ र ‘प्रसाद–२’ रिलिज हुने भएका हुन् ।

‘नाईं नभन्नू ल–६’मा आशीर्वाद क्षेत्री र आँचल शर्मा मुख्य भूमिकामा छन् । ‘जारी’ र ‘बिहे पास’ दयाहाङ राई मुख्य भूमिकामा रहेका चलचित्र हुन् । ‘बुलाकी’मा सुरक्षा पन्त मुख्य भूमिकामा छिन् ।

फिल्म ‘प्रसाद–२’मा विपीन कार्की र केकी अधिकारी प्रमुख पात्र छन् । ‘प्रसाद–२’मा निर्माण घोषणा हुँदा नम्रता श्रेष्ठ रहे पनि पछि उनले छोडे पछि केकी अधिकारीको प्रवेश भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया