वैशाख २०, २०८१ बिहिबार May 2, 2024

‘माया हो माया’ म्यूजिक भिडियोमा समीर र अनुको रोमान्स (भिडियो सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः लोकसंगीतका पारखीहरूका लागि युट्युबमा अहिले नयाँ दोहोरी गीत सार्वजनिक भएको छ । बिहीबार रिलिज भएको गीतले चर्चा बटुल्दै गएको छ ।

दोहोरो अर्थ लाग्ने गीतसंगीतको बोलवाला भइरहेका बेला प्रदीप त्रिपाठी र शान्तिश्री परियारको स्वरमा रहेको ‘हाँसेर बोले नि माया हो माया, रिसाएर बोले नि माया हो माया’ बोलको गीत कर्णप्रिय लाग्छ ।

शान्तिश्री आफ्ना पहिलेका गीतमा झैं अब्बल देखिन्छिन् । प्रकाश पराजुलीको शब्द रहेको गीतमा प्रदीप र शान्तिश्रीको स्वर मिठासपूर्ण लाग्छ ।

आशिरप्रताप जंगको निर्देशन रहको म्युजिक भिडियोमा समीर न्यौपाने र अनु पराजुलीको अभिनय रहेको छ ।

चकलेटी अनुहार भएका समीर र सुन्दर मुहार भएकी अनु कुनै चलचित्रको गीतमा अभिनय गरिरहेको लाग्छ । त्यसमाथि पश्चिमेली भाकाको गीतमा रोदी घरमा झै दोहोरी गाइएको सुन्दर लाग्छ ।

भिडियोमा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया