श्रावण २, २०८२ शुक्रबार July 18, 2025

बेलारुसमा आणविक हतियार राख्ने पुटिनको घोषणा

आउँदो जुलाई १ सम्म बेलारुसमा आणविक हतियार राख्नका लागि आवश्यक सुविधाको निर्माण गरिसक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक बेलारुसमा आणविक हतियार राख्ने सम्झौता गरेको बताएका छन् ।

युक्रेन युद्धलाई लिएर पश्चिमा मुलुकसँगको तनावपूर्ण सम्बन्ध र रुसी विश्लेषकले सम्भावित आणविक हमलाको सन्दर्भ निकालिरहेका बेला पुटिनले शनिबार यस्तो घोषणा गरेका हुन् ।

संयुक्त राज्य अमेरिकाले दशकौँदेखि आफ्नो युरोपेली सहयोगी मुलुकमा आणविक हतियार राखेको बताउँदै पुटिनले बेलारुससँगको सम्झौताले आणविक सम्झौताको उल्लंघन समेत नगर्ने बताएका छन् । पुटिनले भनेका छन्, “हाम्रा दायित्वलाई उल्लंघन नगरी हामी यसका लागि सहमत भएका छौँ । आणविक हतियारको अन्तर्राष्ट्रिय दायित्व उल्लंघन नगर्नेमा म जोड दिन्छु ।”

राज्यद्वारा सञ्चालित टेलिभिजनसँग बोल्दै पुटिनले बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले नेटो सदस्य पोल्यान्डसँग सीमा जोडिएको आफ्नो देशमा आणविक हतियार राख्ने मु्द्दा लामो समयदेखि उठाउँदै आएको बताए ।

रुसले मिन्स्क (बेलारुसको राजधानी)लाई वास्तवममै हतियार हस्तान्तरण नगरेको स्पष्ट पारेको छ । आउँदो जुलाई १ सम्म बेलारुसमा आणविक हतियार राख्नका लागि आवश्यक सुविधाको निर्माण गरिसक्ने रुसले जनाएको छ । रुसले यसअघि नै आणविक हतियार बोक्न सक्ने १० लडाकु विमान र आणविक हतियार प्रक्षेपण गर्न सक्ने क्षमताको मिसाइल प्रणाली बेलारुसलाई उपलब्ध गराइसकेको पुटिनले बताए ।

विश्वको अर्काे ‘सुपरपावर’ अमेरिकाले पुटिनको यो घोषणापछि ‘सावधानीपूर्ण’ तरिकाले प्रतिक्रिया दिएको छ । पुटिनको घोषणापछि एक अमेरिकी अधिकारीले रुसले आणविक हतियार प्रयोग गर्ने कुनै संकेत नभएको र आफूहरूले समेत आणविक हतियारको स्थितिलाई सक्रिय पार्नुपर्ने कुनै कारण नरहेको बताएका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार