काठमाडौंः उच्च अदालत पाटनले चलचित्र ‘प्रसाद २’ को प्रदर्शन रोक्न अल्पकालीन आदेश जारी गरेको छ । न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले मंगलबार प्रसाद २ को प्रदर्शन रोक्न आदेश दिएको हो ।
आगामी शुक्रबारदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् ।
चलचित्र निर्माता सुवास थापाले आफ्नो रकम नदिएको भन्दै केशव पाण्डेले फिल्म रोक्नका लागि माग राखेर उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया