काठमाडौंः फिल्म ‘नाइँ नभन्नू ल ६’को नयाँ गीत ‘तलाउमा ढुङ्गा नहान’ सार्वजनिक भएको छ । वसन्त सापकोटाले सङ्गीतबद्ध गर्नुभएको गीतमा राजनराज सिवाकोटी र मेलिना राईको स्वर छ ।
यस्तै, फिल्मका शीर्ष कलाकारहरू आँचल शर्मा र आशीर्वाद क्षेत्री गीतमा फिचर्ड छन् ।
विकासराज आचार्यको निर्देशनका बनेको यो फिल्म वैशाख १ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । बाल र युवापुस्ताको प्रेमकथामा आधारित यो फिल्म नाइँ नभन्नु लको छैटौँ शृङ्खला हो ।
भिडियो हेर्नुहोस्ः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया