श्रावण २, २०८२ शुक्रबार July 18, 2025

काबुलबाट उद्धार गरिएका नेपालीलाई बेलायतबाट फिर्ता पठाउने निर्णय स्थगित

थप समीक्षा नभएसम्मका लागि यो समूहलाई हटाउने कार्य रोकियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः तालिबानले अफगानिस्तान कब्जा गरेपछि उद्धार गर्नुअघि काबुलस्थित बेलायती दूतावासमा काम गर्ने नेपाली सैनिकको एक समूहलाई देश निकाला गर्ने निर्णय तत्कालका लागि स्थगित गरिएको बेलायतले बिहीबार जनाएको छ ।

भूतपूर्व ब्रिटिस गोर्खा सैनिकको १३ जनाको समूहले काबुलस्थित बेलायती र क्यानडाका दूतावास रहेको उच्च सुरक्षायुक्त कम्पाउन्डमा गार्डका रूपमा काम गरेका थिए र सन् २०२१ को शासन परिवर्तनपछि बेलायतमा बस्दै आएका थिए ।

गत हप्ता पश्चिम लण्डनको एक होटलमा छापा मारी उनीहरूमध्ये १० जनालाई हिरासतमा लिइएको थियो ।

अध्यागमन अधिकारीहरूले उनीहरूलाई नेपाल र भारत लैजान आदेश दिने कागजपत्र उपलब्ध गराएका थिए तर सरकारले बिहीबार भने उक्त अभियान रोकिएको बताएको छ ।

Nepali security guards who protected British in Afghanistan now face  deportation

गृह मन्त्रालयले एएफपीलाई जारी गरेको विज्ञप्तिमा भनिएको छ, “थप समीक्षा नभएसम्मका लागि यो समूहलाई हटाउने कार्य रोकिएको छ ।”

सन् १८१५ मा ब्रिटिश शासित भारतमा पहिलो पटक भारतीय सेनाको एक भागको रूपमा सेवा गरेदेखि नै गोर्खाहरूले भीषण लडाई, वफादारी र बहादुरीको लागि ख्याति कमाएका छन्।

दुवै विश्वयुद्धका साथै फकल्याण्ड, इराक र अफगानिस्तानको द्वन्द्वमा करिब दुई लाख नेपालीले ब्रिटिश सेनालाई साथ दिएका छन् । हाल बेलायतको सशस्त्र बलमा करिब दुई हजार ७०० जना भर्ना भएका छन् ।

समूहका केही सदस्यका वकिल जेमी बेलले एएफपीसँग भन्नुभयो, “यो निर्णयले आफू निकै खुसी छु, तर उनीहरूलाई रिहाइ गर्ने कुनै आश्वासन दिइएको छैन ।”

“ती सबै १० जना अझै हिरासतमा छन् । गृह मन्त्रालयले ती व्यक्तिहरूलाई कस्तो व्यवहार गरेको छ भन्ने जवाफ दिनुपर्छ,” उहाँले भन्नुभयो ।

तालिवानको कब्जापछि बेलायतले अफगानिस्तानबाट दुई पुनः स्थापना योजनाअन्तर्गत २५ हजार व्यक्तिलाई भित्र्याएको छ ।

एउटा महिला, बालबालिका र धार्मिक अल्पसङ्ख्यक समुदायमा केन्द्रित छ । यो योजनाअन्तर्गत नेपालको शरणको दाबीमाथि छलफल भइरहेको थियो । त्यस्तै अर्को बेलायती सेना र सरकारका लागि काम गर्ने अफगानीहरूमाथि केन्द्रित थियो । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार