काठमाडौंः नेपालको लिपुलेकमा एकतर्फी अतिक्रमण गरी भारतले सडक मार्ग खोलेको विरोध गर्ने क्रममा नेपाली सेनाका पूर्वजर्नेल प्रेमसिंह बस्न्यात र नेपाल प्रहरीका पूर्व एआईजी ठाकुरमोहन श्रेष्ठ पक्राउ परेका छन् ।
शनिबार अपरान्ह सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पार्टी कार्यालय अगाडी शंखपार्कमा उनीहरुले लिपुलेकको विषयमा पत्रकार सम्मेलन गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ गरिएका बस्न्यात र श्रेष्ठलाई महानगरिय प्रहरी कार्यालय महाराजगञ्जमा राखिएको हिरासतबाटै पूर्व जर्नेल बस्न्यातले सञ्चारकर्मीलाए जानकारी दिएका थिए । “हामी लिपुलेकमा भारतले बाटो बनाएको विरोधमा केही पत्रकारहरुलाई बोलाएर प्रेस विज्ञप्ति पढ्दै थियौं । त्यही समयमा हामीलाई भारतको विरोध नगर भनेर समातेर महाराजगञ्ज प्रहरी कार्यालयमा ल्याइएको छ,” उनले भने ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया