काठमाडौंः नेपाली चलचित्र क्षेत्रमा अभिनेत्री पूजा शर्मा चर्चित नाम हो । उनको विवाहलाई लिएर पटक पटक चर्चा हुन्छ । यसबीच उनले नयाँवर्ष २०८० मा विवाह गर्ने बताएकी छिन् ।
उनले यो वर्ष आफूले जिन्दगीको एउटा नयाँ निर्णय लिन लागेको बताइन् । पूजाले भनिन्, ‘यो वर्ष वैवाहिक जीवनमा बाँधिने मेरो तयारी छ ।’ उनी प्रेमी युद्ध बानियाँसँग प्रेम सम्बन्धमा छिन् ।
नयाँवर्ष २०८० को अवसरमा काठमाडौं मलस्थित फेसियल हाउसले तयार पारेको वार्षिक क्यालेन्डर सार्वजनिक कार्यक्रममा उनले यस्तो खुलासा गरेकी हुन् । पूजाले प्रेमी बानियाँसँग मिलेर ललितपुरको झम्सिखेलमा रेस्टुरेन्ट सञ्चालन गर्ने तयारी गर्दैछिन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया