काठमाण्डौः दयाहाङ राई र मिरूना मगर अभिनीत फिल्म ‘जारी’ गत शुक्रबारदेखि प्रदर्शन भइरहेको छ।
फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ। यसैबीच फिल्ममा समावेशी ‘रीत’ बोलको गीत सार्वजनिक गरिएको छ। सोमबार बासुरी फिल्म्स युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो।
मनोज थापा मगर र सुनिता थेगिमको स्वर रहेको गीतमा दयाहाङ र मिरुनाबीचको प्रेमिल नोकझोकलाई देखाइएको छ। हर्क साउँदको शब्द रहेको गीतमा मनोज थापा मगरले संगीत भरेका छन्।
उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्मलाई रामबाबु गुरुङले निर्माण गरेका हुन्। यो फिल्म लिम्बु समुदायको जारी प्रथामा आधारित छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया