श्रावण १८, २०८३ सोमबार August 3, 2026

गणेश भट्ट अभिनित ‘जीवन साथी’को पोस्टर सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गणेश भट्ट अभिनित नयाँ म्युजिक भिडियो ‘जीवन साथी’ को पोस्टर सार्वजनिक गरिएको छ। बुधबार अनामनगरमा आयोजित एक कार्यक्रमका बीच म्युजिक भिडियोको पोस्टर सार्वजनिक गरिएको हो।

पछिल्लो समयका चर्चित मोडेल भट्टलाई अभिनयमा समारिका ढकालले साथ दिएकी छन्। सिवजी डान्स सेन्टरको व्यानरमा निर्माण गरिएको गीतमा शैलेश कुमार मिश्र र रोजिना कार्कीको स्वर रहेको छ।

म्युजिक भिडियोलाई शिवजी खत्रीले निर्देशन गरेका हुन्। भिडियोको छायांकन मुकेश हुमागाईंले गरेका छन्। म्युजिक भिडियोलाई केही दिनमै बजारमा ल्याउने तयारी गरिएको निर्माण टिमले जानकारी दिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया