श्रावण १८, २०८३ सोमबार August 3, 2026

मृत भेटिए कोरियन पपस्टार मोनबिन

२५ वर्षे पपस्टार सोलको गंगनम–गुको आफ्नो अपार्टमेन्टमा मृत भेटिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कोरियन पपस्टार मोनबिन अर्पाटमेन्टमा मृत भेटिएका छन् । २५ वर्षे पपस्टार सोलको गंगनम–गुको आफ्नो अपार्टमेन्टमा मृत भेटिएका हुन् । प्रहरीले उनले आत्महत्या गरेको अनुमान लगाए पनि विस्तृत विवरण पोस्टमार्टम पछिमात्र थाहा हुने जनाएको छ ।

पुरुष व्याण्ड समूह एस्ट्रोमा सन् २०१६ मा जोडिनुअघि मोनबिन अभिनेता तथा मोडल थिए । यो ब्याण्ड के–पप ग्रुपको लोकप्रिय ब्याण्डमा पर्छ । उनले मोनबिन र सान्हाजस्ता साना समूहमा पनि गीत गाएका थिए ।

एस्ट्रोमा जोडिनु अघि मोनबिन एजेन्सी फान्टागियोको प्रशिक्षण कार्यक्रममा थिए । यो समूहले हालसम्म जम्मा ६ वटा मात्र प्रस्तुती दिएको छ । यही बीचमा ब्याण्डका एक सदस्यले गत फेब्रुअरीमा व्याण्ड छोडेका थिए ।

उनकी बहिनी मोन सुआ पनि के–पप गायिका हुन् । उनी महिला समूह बिलीमार्फत गीत गाउँछिन् । हालको वर्षमा आफ्नो ज्यान गुमाउने मोनबिन पछिल्लो कोरियन स्टार हुन् ।

अन्य विकसित मुलुकको तुलनामा दक्षिण कोरियामा युवा आत्महत्याको दर उच्च छ । सरकारले आत्महत्याको दरलाई न्यूनिकरणको प्रयास गरे पनि त्यो प्रभावकारी हुन सकेको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया