श्रावण २, २०८२ शुक्रबार July 18, 2025

सुडान झडपमा मृत्यु हुनेको सङ्ख्या तीन सय नाघ्यो

खार्तूममा गोली चल्न नरोकिएकोले दोस्रो पटक युद्धविराम सुरु भएको केही मिनेटमै अर्को युद्धविराम उल्लङ्घन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुडानको राजधानी खार्तूममा बिहीबार रमजानको अन्त्यको उपलक्ष्यमा मनाइने उत्सवअघि दुई प्रतिद्वन्द्वी जनरलका सेनाबीच भएको भिडन्त कम हुने सङ्केत देखिएको छैन । विस्फोट र गोली चलेको आवाज सुनिएको छ ।

सुडानका सेना प्रमुख अब्देल फत्ताह अल बुरहान र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) को नेतृत्व गर्दै आएका मोहम्मद हमदान डग्लोप्रति वफादार सेनाबीच शनिबार भएको झडप र त्यसपछिका आक्रमण र प्रत्याक्रमणमा तीन सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

करिब ५० लाख मानिसको बसोबास रहेको राजधानी खार्तूममा केही भीषण युद्धहरू भएका छन् जसका कारण अधिकांश मानिस बिजुली, खाना र पानीबिना नै आ–आफ्नो घरभित्र रहन बाध्य पारिएका छन् ।

दक्षिणी खार्तूमका ३८ वर्षीय नाजेक अब्दाल्लाले भन्नुभयो, “लडाकू विमान र अन्य हवाई तथा स्थल आक्रमणका कारण हामी आज बिहान पनि ४ः३० बजे ब्यूँझेका थियौँ । हाम्रो भवनमा गोली नलागोस् भनेर हामीले ढोका र झ्यालमा ताल्चा लगायौँ ।”

राजधानीको खार्तूम अन्तर्राष्ट्रिय विमानस्थल र सेनाको मुख्यालय वरपरका भवनहरूबाट बाक्लो कालो धुवाँको मुस्लो उठेको र गोली चलेको आवाज सुनिएको र युद्धविराम भएको छैटौँ दिन पनि झडप भएको अधिकारीहरूले बताएका छन् ।

डार्फरमा वर्षौंदेखि चरम हिंसाको नेतृत्व गरेको जन्जावीद लडाकु समूहका सदस्यहरूबाट गठित शक्तिशाली बल आरएसएफले बुधबार साँझदेखि सेनाले जस्तै २४ घण्टाका लागि पूर्ण युद्धविरामका लागि पूर्ण रूपमा प्रतिबद्ध रहने बताएको थियो ।

तर प्रत्यक्षदर्शीका अनुसार खार्तूममा गोली चल्न नरोकिएकोले दोस्रो पटक युद्धविराम सुरु भएको केही मिनेटमै अर्को युद्धविराम उल्लङ्घन भएको थियो ।

खार्तूमबाहेक उत्तरी कोर्डोफान राज्यको ओबेद सहरमा पनि ठूलो विस्फोट भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । -रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार