श्रावण २, २०८२ शुक्रबार July 18, 2025

दिल्लीको एक अदालतमा परिसरमा गोली हानी महिलाको हत्या

वकिलको भेषमा आएका आक्रमणकारीले महिलालाई ताकेर गोली हानी हत्या गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  दिल्लीको एक अदालतमा एक महिलाको गोली हानी हत्या गरिएको छ ।

अदालत परिसरमा भएको गोली लागेर ४२ बर्षिया राधा नाम गरेकी महिलाको मृत्यु भएको हो । उनी माथी ४–५ गोली हानिएको थियो भने उनलाई अस्पताल लैजाने क्रममा उनको निधन भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन ।

ती महीला माथी बिहान १०:३० बजे ४–५ राउण्ड गोली हानिएको थियो भने उनको पेट र हातमा तीनवटा गोली लागेको छ । गोली लागेर एक वकिल पनि घाइते भएका छन् । सो गोली हाने पछि आक्रमणकारी क्यान्टिनको गेटबाट भागेका थिए ।

वकिलको भेषमा आएका आक्रमणकारीले महिलालाई ताकेर गोली हानी हत्या गरेका हुन्। कडा सुरक्षाबीच गोली चलेपछि यहाँ भागभाग मच्चिएको थियो । अदालत परिसरमा भीडभाड भएको समयमा नै ती आक्रमणकारी भित्र प्रवेश गरेको बताइएको छ।

आरोपित महिला विरुद्ध ठगी मुद्दा दायर भएकाे थियाे । आज उनको सुनवाई थियो । अदालत भित्र दिन दहाडै गोली हानिएको घटनालाइ लिएर दिल्ली प्रहरीको सुरक्षा संयन्त्र माथी प्रश्न उठाईएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले यस घटनालाई लिएर सुरक्षा व्यवस्थालाई लिएर केन्द्र सरकार माथी प्रश्न उठाएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार