असार १, २०८३ सोमबार June 15, 2026

लक्ष्मणको सतीदेवी मुहूर्तसँगै छायांकनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पत्रकार,लेखक, गीतकार तथा निर्माता लक्ष्मण सुवेदीको फिल्म ‘सतीदेवी’ को सोमबार भद्रकालीमा मुहर्त गरिएको छ । मुहर्तसँगै फिल्मको छायाँकन सोमबारबाटै सुरु भएको छ । फिल्ममा अभिनेत्री मलिका महत शीर्ष भूमिकामा हुनेछिन् ।

दिलासा क्रियशन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण हुने फिल्ममा रमेश बुढाथोकी, भोला सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सृजना अधिकारी, मनीषा सापकोटा, सुजिता शिवाकोटी, इभन जोशी, विमल श्रेष्ठ, दिपा मगर, तुलसीप्रसाद श्रेष्ठ र बाल कलाकारद्वय हर्षिका ओली तथा मञ्जिला बानियाँको अभिनय रहनेछ ।

महिला प्रधान फिल्ममा दीपक शर्मा र सुभाष भुषालको संगीत, बाबु श्रेष्ठको छायांकन, देव महर्जनको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ।

सुदिप कुँवर मुख्य सहायक निर्देशक रहने फिल्मका प्रोडक्सन मेनेजर सीबी भण्डारी हुन् । फिल्मका निर्माता,लेखक,गीतकार तथा निर्देशक लक्ष्मण सुवेदीले चलचित्रको छायाँकन ३० दिनमा सकाउने लक्ष्य रहेको बताए । सुवेदीले यसअघि ‘एउटा साथी’ र ‘लालजोडी’ को निर्देशन गरी सकेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया