श्रावण ३, २०८२ शनिबार July 19, 2025

राष्ट्रपतीय निर्वाचनमा पुनः उम्मेदवार बन्ने बाइडेनको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अमेरिकी राष्ट्रपति जो बाइडेन आगामी राष्ट्रपतीय निर्वाचनमा पुनः उम्मेदवार बन्ने भएका छन् ।

उनले राष्ट्रपतिको दोस्रो कार्यकालका निम्ति मैदानमा उत्रने घोषणा गरेका छन्। राष्ट्रपति बाइडेनले राष्ट्रप्रमुखका रूपमा आफूले सुरु गरेका सबै काम पूरा गर्न अर्को कार्यकालका निम्ति पुनः अवसर दिन मतदातासमक्ष अनुरोध गरेका हुन् ।

राष्ट्रपति बाइडेनले तीन मिनेटको भिडियो सन्देशमार्फत् आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । उनको दलले पनि बाइडेनको उम्मेदवारीलाई अनुमोदन गर्ने लगभग पक्का छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया