काठमाडौंः गायिका अस्मिता अधिकारी र गायक संगम शेर्मा लिम्बुको स्वरमा तयार लभ पर्ला जस्तो छ बोलको गीतको भिडियो गरिएकाे भएको छ । सार्वजनिक गीतमा शब्द तथा संगीत राजनराज शिवाकोटीको, एरेन्ज दिवेश राईको र मिक्स तथा मास्टरिङ किशोर थापाको रहेको छ ।

छमछम नचाउने शैलीको लोकपप गीतमा चर्चित नायिका प्रियंका कार्की र नायक नाजिर हुसेनले अभिनय गरेका छन् । रोमान्टिक शैलीमा निर्माण गरिएको गीतले एक प्रेमील जोडीको प्रेम कथालाई कलात्मक शैलीमा निर्देशक दिनेश माङ्मु लिम्बूले भिडियो तयार पारेका हुन् ।

राजीव समरको कोरियोग्राफी रहेको गीतको सम्पादन र कलर अनिल राना, छायांकन अर्जुन तिवारीले गरेका हुन् । भिडियो नेपाल मिडिया ग्रुपको लाइन एप्सका माध्यमबाट सार्वजनिक गरिएको हो ।
भिडियोमा हेर्नुहोस्ः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया