काठमाण्डौः थाइल्याण्डमा विष खुवाइएर १२ जना साथीको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।
पक्राउ परेकी महिलाले आफ्ना १२ जना साथीलाई विष खुवाएर मारेको थाई प्रहरीले दाबी गरेको छ । उनले मारेका मध्ये एकजना पूर्व प्रेमी समेत रहेका छन् ।
प्रहरीले सरत रंग्सिवुतापोर्न नामकी यी महिलालाई मंगलबार बैंककबाट पक्राउ गरेको हो । उनका एक साथी सिरीपोर्न खानभोङको मृत्युपछि सोधपुछपछि महिलालाई पक्राउ गरिएको हो ।
पक्राउ परेका महिलाको भूमिकामाथि पीडित परिवारले शंका व्यक्त गरेका छन् । प्रहरीले पैसाका लागि हत्या गरेको आरोप लगाएको छ । पक्राउ परेका महिलाको धरौटी निवेदन खारेज भएको छ । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया