काठमाण्डौः रुसी हवाई आक्रमणमा परी पाँच जना बालबालिकासहित २६ जना युक्रेनी मारिएका छन्। युक्रेनमाथि करिब दुई दर्जन क्षेप्यास्त्र प्रहार गरेर रुसले ती गैरसैनिक नागरिक मारेको युक्रेनी अधिकारीहरूले बताएका छन्।
युक्रेनको ऐतिहासिक सहर उमानको आवासीय क्षेत्रमा रुसले हवाई हमला गरेको हो। हवाई आक्रमणमा भवनहरु भत्किएका छन्। भत्केका भवनका भग्नावशेषबाट मृतकका शव निकालिएको बताइएको छ। एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया