कार्तिक २९, २०८३ आइतबार November 15, 2026

‘गठबन्धन सरकार सफल नभए आन्दोलनका उपलब्धि खतरामा पर्छन्’ – गृहमन्त्री

वर्तमान सरकारलाई सफल पार्न सबैले सहयोग गर्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान गठबन्धन सरकार सफल नभए आन्दोलनका उपलब्धि गुम्ने र देश दुर्घटनामा पर्ने खतरा रहेको बताउनुभएको छ । सर्लाहीका प्रथम सहिद इन्द्र कोइरालाका परिवारलाई आवास हस्तान्तरण कार्यक्रममा उहाँले वर्तमान सरकारलाई सफल पार्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

गृहमन्त्री श्रेष्ठले अहिले पनि दलित लगायत निमुखा वर्गले विभेदपूर्ण व्यवहारको सामना गर्नु परिरहेको बताउँदै सामाजिक परिवर्तनका लागि थप योगदान आवश्यक रहेको उल्लेख गर्नुभयो । जनयुद्धबाट प्राप्त उपलब्धिलाई कार्यान्वयन गर्ने चरणमा अहिलेको सरकार लागिपरेको बताउँदै गृहमन्त्री श्रेष्ठले सङ्क्रमणकालीन न्याय, सबै प्रकारका विभेद तथा अन्याय, अत्याचार र उत्पीडित वर्गको मुक्तिका लागि भएको आन्दोलनका उपलब्धिलाई भुल्न नहुने स्पष्ट पार्नुभयो ।

उहाँले गठबन्धन सरकार राष्ट्रियता, भ्रष्टाचार र विभेदका समस्या समाधान गर्न निर्मम भएर लागिपरेको बताउनुभयो । स्व कोइराला परिवारलाई आवास हस्तान्तरणसहित नेकपा (माओवादी केन्द्र) निकट नेपाल दलित मुक्ति मोर्चा मधेस प्रदेशको प्रथम सम्मेलन उद्घाटन कार्यक्रममा सहभागी हुनुभएका गृहमन्त्री श्रेष्ठले देशमा पटक–पटक भएका सशस्त्र द्वन्द्वबाट प्राप्त उपलब्धिलाई विश्वविद्यालय सम्झिँदै अगाडि बढ्नुको विकल्प नरहेको समेत बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार
उपराष्ट्रपतिद्वारा कुपोन्डोल र सानेपा राजतीर्थमा छठ पूजा
२०८३ कार्तिक २९, आइतबार