श्रावण ३, २०८२ शनिबार July 19, 2025

मेक्सिकोमा सडक दुर्घटना : १८ जनाको मृत्यु, ३३ जना घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मेक्सिकोको पश्चिमी राज्य नायरिटमा एक पर्यटक बस राजमार्गमा पल्टिँदा कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै ३३ जना घाइते भएका स्थानीय अधिकारीले सोमबार जानकारी दिएका छन् ।

नायरित राज्यका महान्यायाधिवक्ताको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “शनिबार राति १५ मिटर गहिरो खाल्डोमा गाडी खस्दा त्यसमा सवार ११ महिला र सात पुरुषको मृत्यु भएको छ भने घाइतेलाई राज्यका तीन वटा अस्पतालमा उपचारका लागि पठाइएको छ ।”

At least 18 dead, 33 hurt as bus plunges off cliff in Mexico

पर्यटक बस मध्य जालिस्कोको ट्लाजोमुल्कोबाट नायरिटको समुद्री किनारको गन्तव्य ग्वायाबिटोसतर्फ प्रस्थान गरिरहेको समय दुर्घटनामा परेको जलिस्को राज्यका गभर्नर एनरिक अल्फारोले पुष्टि गरे । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया