श्रावण १८, २०८३ सोमबार August 3, 2026

गीतकार नवराज न्यौपानेको ‘जाली परदेशी’ सार्वजनिक

‘जाली परदेशी’ म्यूजिक भिडियोमा नवराज न्यौपाने, गरिमा शर्मा, उषा उप्रेती, निवसोन र रिवसोन न्यौपानेको अभिनय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : गीतकार नवराज न्यौपानेको नयाँ गीत ‘जाली परदेशी’ श्रोता/दर्शकमाझ आएको छ । आलिफ खान र रचना रिमालको स्वर, राजेन्द्र बजगाईंको संगीत एवं संगीत संयोजन, मनोज परियारको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

केशवराज भट्टको निर्देशन/कोरियोग्राफी रहेको गीतको भिडियोमा नवराज न्यौपाने, गरिमा शर्मा, उषा उप्रेती, निवसोन र रिवसोन न्यौपानेको अभिनय छ ।

लोकलयको सार्वजनिक गीतमा परदेश रहेको प्रेमी र स्वदेशमा रहेकी प्रेमीको कथा बुनिएको छ । निशा न्यौपानेले निर्माण गर्नुभएको भिडियोमा मानकृष्ण महर्जनको छायांकन र वन्दे प्रसादको सम्पादन रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया