काठमाण्डौः इजरायलको कारागारमा विगत तीन महिनादेखि भोक हडताल गरिरहेका प्यालेस्टाइनी कैदी खादेर अदनानको मंगलवार मृत्यु भएको अलजजीराले खबर दिएको छ ।
यसै साता फिजिसियन्स फर ह्युमन राइट्स इजरायल समूहका एक चिकित्सक अदनानलाई भेट्न कारागार गएका थिए । उनी मृत्युको निकट रहेको र अन्तै सार्नुपर्ने भनी ती चिकित्सकले चेतावनी दिएका थिए ।
इस्लामिक जिहाद नामक सशस्त्र समूहले इजरायललाई यस अपराधको मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ । नौ सन्तानका पिता अदनानलाई उक्त समूहले शहीदको संज्ञा दिएको छ । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया