कार्तिक २९, २०८३ आइतबार November 15, 2026

हुम्लामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध

हुम्लाको मौसम बिग्रिएकाले नेपालगञ्जबाट सिमकोटका लागि हवाई उडान नहुँदा दैनिक उपभोग्य सामग्री ढुवानी पनि रोकियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः राष्ट्रिय सडक सञ्जालले नजोडिएको हिमाली जिल्ला हुम्लामा दुई दिनदेखि हवाई सेवासमेत अवरुद्ध भएको छ। शनिबार बेलुकादेखि मौसममा आएको खराबीले हवाई सेवा अवरुद्ध भएको हो।

सुर्खेत र नेपालगञ्जबाट दैनिक उडान भर्दै आएका निजी वायु सेवा कम्पनीहरूले मौसममा आएको खराबीका कारण उडान भर्न नसकेका हुन् र दुई दिनदेखि हुम्लादेखि नेपालगञ्ज र सुर्खेत आउने तथा नेपालगञ्ज र सुर्खेतदेखि सिमकोट आवतजावत गर्ने यात्रुसहित सामग्री ढुवानी हुन नसकेको सिमकोट विमानस्थलले जनाएको छ।

नेपालगञ्जबाट हुम्लाका लागि तारा, समिट, सीता र नेपाल एयरलाइन्सका जहाजले उडान भर्दै आएका छन्। हुम्लाको मौसम बिग्रिएकाले नेपालगञ्जबाट सिमकोटका लागि हवाई उडान नहुँदा दैनिक उपभोग्य सामग्री ढुवानी पनि रोकिएको छ। यात्रुहरू नेपालगञ्ज, सुर्खेत र सिमकोटमै अलपत्र परेका सिमकोट विमानस्थलका प्रमुख मोहन गिरीले बताए।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कम्पनीको ढुवानी अनुदानको खाद्यान्न, दैनिक उपभोग्य सामान, तरकारी र कार्गोको सामान पनि ढुवानी हुन सकेको छैन। शनिबार रातिबाट मौसम परिवर्तन हुदाँ दिनहुँ उडान भर्ने निजी विमान कम्पनीका जहाजले उडान नभर्दा हवाई सेवा अवरुद्ध भएको प्रमुख गिरीले बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार
उपराष्ट्रपतिद्वारा कुपोन्डोल र सानेपा राजतीर्थमा छठ पूजा
२०८३ कार्तिक २९, आइतबार