कार्तिक २९, २०८३ आइतबार November 15, 2026

यस्तो छ आजको मौसम : गण्डकी, लुम्बिनी, मधेस र कोशी प्रदेशका केही भूभागमा पानी पर्ने

पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण माथिल्लो भेगमा बेमौसमी हिमपात

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः मुलुकभरको मौसममा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण माथिल्लो भेगमा बेमौसमी हिमपात भइरहेको छ।

त्यस्तै गण्डकी, लुम्बिनी, मधेस र कोशी प्रदेशका केही भूभागमा पानी परिरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

यो क्रम आज दिनभरि नै चल्ने महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिएका छन्।

‘पश्चिमी वायुको प्रभाव भोलिसम्म रहने छ। आज दिनभर लुम्बिनी, गण्डकी, वाग्मती, मधेस, कोशीलगायतका प्रदेशमा यसको प्रभाव देखिने छ। ठाउँठाउँमा हल्का तथा मध्यम वर्षा हुने छ,’ उनले भने।

पश्चिमी वायुले चिसो बोकेर ल्याएका कारण गर्मीयाममा पनि जाडोको अनुभव भइरहेको छ। त्यस्तै हिमाली भेगमा हिमपात भइरहेको छ।

‘यसलाई हामीले सामान्य बदलीकै रूपमा लिनुपर्छ,’ उनले भने, ‘पश्चिमी वायुको प्रभाव देखिएको बेला मौसममा यस्तो बदलाव आउँछ। तल्लो भेगमा पानी परेर चिसो भएकाबेला माथिल्लो भेगमा हिमपात हुन्छ।’

नेपालमा सामान्यतयाः जुन १० को वरिपरिबाट मनसुन सुरु हुन्छ। अहिले भइरहेको वर्षा प्रि–मनसुन भएको पनि उनले जानकारी दिए।

‘केही दिनअघि एकदमै गर्मी बढेको थियो। पानी परेसँगै मौसम चिसो भएको छ, यो प्रिमनसुनको असर हो,’ उनले भने, ‘शुक्रबारबाट मौसममा सुधार आउँछ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार
उपराष्ट्रपतिद्वारा कुपोन्डोल र सानेपा राजतीर्थमा छठ पूजा
२०८३ कार्तिक २९, आइतबार