श्रावण ३, २०८२ शनिबार July 19, 2025

अमेरिकी लडाकु विमान दक्षिण कोरियामा दुर्घटनाग्रस्त

लडाकु विमानको अधिकांश भाग जलेको अवस्थामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकी सेनाको लडाकु विमान शनिबार दक्षिण कोरियामा दुर्घटनाग्रस्त  भएको छ । तर दुर्घटनामा कुनै हताहती भने नभएको योनहाप समाचार संस्थाले जनाएको छ ।

एफ-१६  लडाकु विमान राजधानी सियोलबाट करिब ७० किलोमिटर दक्षिणमा रहेको प्योङटेकमा स्थानीय समय अनुसार बिहान ९:३१ बजे खेतबारीमा दुर्घटनाग्रस्त भएको थियो।
युनाइटेड स्टेट्स फोर्सेस कोरियाको प्रमुख सैन्य अड्डा रहेको शहर हो।

दुर्भाग्यपूर्ण लडाई विमानमा सवार एक पाइलट दुर्घटना हुनु अघि भागेका थिए। लडाकु विमानको अधिकांश भाग जलेको छ। घटनास्थल नजिक कुनै घर  लगायत अन्य संरचना नभाएकाले  अरु कुनै क्षति नभएको प्रहरी अधिकारीले बताएका छन् । रासस/सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया