कार्तिक २९, २०८३ आइतबार November 15, 2026

लचिलो मौद्रिक नीतिमार्फत अर्थतन्त्र चलायमान बनाउँछौँ : अर्थमन्त्री डा. महत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिले अर्थतन्त्रमा शिथिलता आउनुको धेरै कारण रहेको र लचिलो मौद्रिक नीतिमार्फत अर्थतन्त्र चलायमान बनाउनुपर्ने बताएका छन् ।

बैंक तथा वित्तीय संस्था परिसंघद्वारा आयोजित नेपाल व्यवसाय शिखर सम्मेलन २०८० लाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले  वित्त नीतिबाट पुँजी परिचालन गर्न नसकेको र कोरोना महामारीको क्रममा मौद्रिक उपकरणमार्फत अत्याधिक कर्जा प्रवाह भएको बताए ।

‘त्यसैले अर्थतन्त्रमा शिथिलता देखिएको छ । आज देखिएको समस्या समाधान वित्त नीतिभन्दा पनि मौद्रिक नीतिले गर्न सक्छ,’ उनले भने, ‘अहिले हामीसँग फिस्कल स्पेस छैन । फिस्कल स्पेस पनि बढाउनु पर्छ । तर, अहिले मनिटरी स्पेसमार्फत अर्थतन्त्र चलायमान हुन सक्छ । राष्ट्र बैंकका अधिकारीहरुले यो महिनाको अन्त्यसम्ममा मौद्रिक नीतिको समीक्षामार्फत लचिलो नीति लिनेछौँ ।’

राष्ट्र बैंकले लचिलो मौद्रिक लियो भने ब्याजदर घट्ने विश्वास लिएको जानकारी गराउँदै उनले फिस्कल स्पेसमार्फत पुँजी परिचालन गर्न सक्ने अवस्था नभएकाले लचिलो मौद्रिक नीति लिँदै मौद्रिक उपकरणमार्फत आर्थिक गतिविधि बढाउनुपर्ने बताए ।

‘पूँजी प्रवाहका लागि मौद्रिक नीति छिटो ल्याउन जरुरी छ । आर्थिक नीतिमार्फत हामीले पूँजी प्रवाहलाई व्यापक बनाउनुपर्नेछ । आउँदो वर्ष हामीले अर्थतन्त्रलाई गतिशीलताको बाटोमा लगे पनि राजश्वमा व्यापक वृद्धि हुने अवस्था छैन । राजश्व अवश्य बढाउँछौं, तर हामीले सोचजस्तो एक वर्षभित्रमै व्यापक वृद्धि सम्भव हुन्छ भन्ने मलाई लाग्दैन । अर्थतन्त्रकै गतिशीलताका आधारमा राजस्व वृद्धि हुने हो,’ अर्थमन्त्री डा महतले भने, ‘लगानी आउन थाल्यो, उद्योग व्यावसाय बढ्यो, रोजगारी सिर्जना भयो, आम्दानी बढ्न थाल्यो भने मात्र राजस्व बढ्छ । राजश्व वृद्धिका लागि केही समय लाग्छ । यसका लागि अथक प्रयास सरकारले गर्छ ।’

पूँजीगत खर्च विनियोजन गरेर यसको प्रभावकारिता बढाउन सरकारले सम्पूर्ण ध्यान केन्द्रित गर्ने बताउँदै उनले भने, ‘तेस्रो चौमासिक सकिँदा पनि खर्च शुन्य छ । अब पूँजीगत खर्च गर्नुपर्यो, अब ठेक्का लगाउनु पर्यो, अब बजेट सुनिश्चित गर्दिनुपर्यो भनेर मन्त्रालयबाट म कहाँ फाइल आएको आइ छ । हामीले पहिलो दिनबाटै काम गर्नुपर्ने आवश्यकता छ । कामप्रति जुन उदासिनता छ, त्यो स्वीकार्य छैन । हामीले कार्यक्रम र परियोजना निर्धारण गरेर बजेट विनियोजन गरेका हुन्छौं, त्यहीअनुसार पहिलो दिनबाटै काम गर्न सुरु गर्नुपर्छ ।’

उनले थप भने, ‘हामी साधारण खर्च र अनुत्पादक खर्च कम गछौं । साधारण खर्चमा धेरै विषय छन् । सामाजिक सुरक्षाका विषयदेखि लिएर, तलब भत्ता, स्थानीय तहमा जाने सहयोग पनि साधारण खर्चमा पर्छ । तथापि कतिपय यस्ता क्षेत्र छन्, जहाँ खर्च कटौति गर्न सकिन्छ । अनावश्यक खर्च गर्ने परम्परा अन्त्य गर्दै पूँजीगत खर्चको प्रभावकारितालाई बढाउँछौं  । एकातिर पूँजीगत खर्चको प्रभावकारिता बढाउने, मौद्रिक नीतिमार्फत् ब्याजदरलाई सम्बोधन गरेर लगानीको वातारण निर्माण गर्नुपर्ने अहिलेको आवश्यकता हो ।’

‘सरकार आफैले सबै कुरा गर्न सम्भव छैन । निजी क्षेत्रको सहयोग, बैंकिङ क्षेत्रको सहयोग र सबै क्षेत्रको सहयोगबाट हामी फराकिलो र समावेशी आर्थिक वृद्धि, रोजगारी सिर्जना गर्न सम्भव हुन्छ । यसमध्ये पनि बैंकिङ क्षेत्रको ठूलो भूमिका रहनेछ । बचत र ऋणको जुन स्पेस छ, त्यसमा पुनर्विचार गर्नुपर्ने आवश्यकता छ । बचत व्याज घटिसकेको छ, ऋणको ब्याज पनि चाँडै घटाउनु हुनेछ भन्ने मलाई विश्वास छ ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार
उपराष्ट्रपतिद्वारा कुपोन्डोल र सानेपा राजतीर्थमा छठ पूजा
२०८३ कार्तिक २९, आइतबार
अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयाे, राति कोसिया पूजा गरिँदै
२०८३ कार्तिक २९, आइतबार