श्रावण ३, २०८२ शनिबार July 19, 2025

अफगानको उत्तरी सारी पुल प्रान्तमा हतियार भण्डार फेला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अफगान सुरक्षा बलले उत्तरी सारी पुल प्रान्तमा हतियारको भण्डारण फेला पारेको छ ।

साथै त्यहाँबाट  विभिन्न प्रकारका हतियार र गोला बारुद बरामद गरेको पनि गुप्तचर महानिर्देशनालय (जीडीआइ) ले आइतबार उल्लेख गरेको छ ।

गोप्य सूचनाको आधारम गुप्तचर कर्मचारीहरूले शनिबार सारी पुल प्रान्तमा अपरेशन शुरी गरेको र दुई मोर्टार र हजारौँ गोली सहित  थुप्रै हतियारहरू फेला पारेको बताइएको छ ।

अफगान सुरक्षा बलले पछिल्ला केही दिनहरूमा दक्षिणी उरुजगान र पूर्वी कुनार प्रान्तहरूमा ४० थान राइफलहरू सहित थुप्रै हतियारको भण्डारहरू फेला पारेको छ ।

यस्तै अपरेसनहरूमा सुरक्षा बलले गत हप्ता राजधानी काबुलको प्रहरी जिल्ला १७ मा  ठूलै हतियार भण्डार फेला पारेको थियो ।

अफगानिस्तानको कार्यवाहक सरकारले सुरक्षाकर्मी बाहेक जो कोहीसँग रहेका अवैध हतियार र गोलाबारुद नियन्त्रण गर्ने घोषणा गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया