काठमाडौंः सत्तागठबन्धन दलहरुको बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज (मंगलबार) साँझ ५ बजे बैठक बोलाइएको हो ।
आजको बैठकमा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे छलफल हुने बताइएको छ ।

गठबन्धनको दुई दिनअघि (आइतबार) बसेको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रम र बजेटका बारेमा प्रारम्भिक छलफल भएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया