काठमाण्डौ : विदेशबाट नेपाल आउँदा अब साथमा दुई वटा मोबाइल ल्याउन पाइने भएको छ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले झिटीगुण्टा नियमावली संशोधन गर्दै वैदेशिक रोजगारीमा गएर विदेशबाट आउने नेपाली नागरिकले आफ्नो साथमा दुई वटा मोबाइल ल्याउन पाउने व्यवस्था र एमडीएमएस व्यवस्था पनि लागू गर्ने निर्णय गरेको हो।
यसअघि आफ्नो साथमा आफूले चलाइरहेको मोबाइल मात्रै ल्याउन पाउने व्यवस्था थियो। यस्तै बैठकले एकैपटक ४४ जना सहसचिवको सरुवा गर्ने निर्णय पनि गरेको सञ्चारमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया