मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

हुथी विद्रोहीको ड्रोन आक्रमणमा यमनका ३ सरकारी सैनिकको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः यमनको मारिब प्रान्तमा हुथी मिलिसियाले गरेको ड्रोन हमलामा कम्तीमा तीन यमनी सरकारी सैनिकको मृत्यु भएको छ । सरकारी अधिकारीले शुक्रबार सिन्ह्वालाई यसबारे पुष्टि गरेका हुन् ।

नाम न छाप्ने शर्तमा स्थानीय सरकारी अधिकारीले  हुथी समूहले रातभर मारिबको हरिब जिल्लामा रहेको सरकारी सैन्य प्रतिष्ठानहरूलाई लक्षित गरी गरेको ड्रोन आक्रमणमा तीन सैनिकको मृत्यु भएको  हो । अधिकारीले भने, ‘हुथीहरूले बिहीबार राति विस्फोटक पदार्थले भरिएको ड्रोनले हरिब  क्षेत्रमा तैनाथ हाम्रा सैनिकहरूलाई निशाना बनाई ठूलो विस्फोट गराए ।’

ड्रोन आक्रमण सरकारी सेना र इरान समर्थित हुथीहरू बीच चलिरहेको द्वन्द्वमा सापेक्ष शान्त अवधिको बीचमा हुने गरेको छ । यद्यपि  आक्रमणका घटनाममा भने कमी आएको छ । यमनको तेलसम्पन्न मारिब प्रान्त बहुमूल्य स्रोतहरूले नियन्त्रणको लागि विभिन्न गुटहरूलाई बीच झडप हुने गरेको छ।

हुथी मिलिशियाले सन् २०१४ मा सानाबाट थुप्रै उत्तरी शहरहरू आफ्नो नियन्त्रणमा लिएका छन् र सानाबाट साउदी समर्थित यमनी सरकारलाई हटाएपछि यमन गृहयुद्धमा फसेको छ। यस द्वन्द्वले ठूलो सङ्ख्यामा हताहती भएको छ र  मानवीय सङ्कटको तर्फ धकेलिएको छ। सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार