काठमाण्डौः टर्कीको राष्ट्रवादी दलका राष्ट्रपति उम्मेदवार दुगो पेरिन्सेकले टर्कीले युरोप र अमेरिकी बन्धन छोड्नुपर्ने बताएका छन् । युरोपेली संघमा जान निषेध गरिएको र नेटोको बन्धनमा टर्की हैरान भएको भन्दै दुगोले अबको टर्कीको यात्रा एसिया केन्द्रीत हुनुपर्ने बताएका हुन् ।
रुसी विश्व च्यानल आरटीसँग बोल्दै उनले यस्तो बताए । आगामी मे १४ मा हुने राष्ट्रपति चुनावका एक प्रतिस्पर्धी दुगोले बुधबारको अन्तर्वार्तामा भनेका छन्, ‘हाम्रो प्रयत्न टर्कीलाई स्वतन्त्र र आत्मनिर्भर बनाउने हो।’ दुगोले ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका मिलेर बनेको ब्रीक्समा जोडिएको अगाडि जानुपर्ने तर्क गरेका छन् । उनले नेटोलाई मुक्ति भन्दा पनि बन्धकको कोणमा व्याख्या गरेका छन् ।
युरोपेली संघ मुलतः इसाईको संस्था भएको भन्दै दुगोले सन् १९९९ मा आवेदनको मान्यता पाए पनि टर्कीलाई अहिलेसम्म सदस्यता नदिएको उनले बताए।टर्कीले आवेदनज दिएको समयपछि पूर्वी युरोपका दर्जन देशहरुके सदस्यको रूपमा संघमा प्रवेश पाएपनि टर्कीले भने प्रयासको २४ वर्ष पुग्दा पनि अहिलेसम्म युरोपेली संघको सदस्यता पाएको छैन। एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया