श्रावण ३, २०८२ शनिबार July 19, 2025

युक्रेनले रुस सीमानजिक रुसी लडाकू विमान र हेलिकप्टर खसायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः युक्रेनले रुस सीमानजिक रुसका दुईवटा लडाकू विमान र दुईवटा हेलिकप्टर खसाएको स्काई न्युजले खबर दिएको छ ।

रुसका सु–३४, सु–३५ र एमआई–८ हेलिकप्टरलाई युक्रेनले तारो बनाएको हो । यी रुसी विमानहरू ब्रान्स्क क्षेत्रमा उडिरहेका थिए ।

रुसको सरकारी समाचार संस्था तासले आकस्मिक सेवाका एक अधिकारीलाई उद्धृत गर्दै दिएको सूचनाअनुसार, युक्रेन सीमाबाट लगभग ४० किलोमिटर वर क्लिन्त्सी नजिक सु–३४ लडाकू विमान दुर्घटनाग्रस्त भएको छ । दुर्घटना हुनुअघि विमानको इन्जिनमा आगो लागेको थियो ।

उक्त समाचारका अर्को लडाकू विमान र हेलिकप्टरको उल्लेख गरिएको छैन । तर रुससमर्थक टेलिग्राम च्यानल वोयेन्नी ओस्वेडोमिटेलमा पोस्ट गरिएको भिडियोमा आकाशमा हेलिकप्टर विस्फोट भई भुइँतर्फ खसिरहेको देखिन्छ ।

यस घटनामा युक्रेनको आधिकारिक प्रतिक्रिया आएको छैन । तर राष्ट्रपति  भोलोदीमीर जेलेन्स्कीका वरिष्ठ सल्लाहकार मिखाइलो पोदोल्याकले यस घटनालाई कर्म भन्ने संज्ञा दिएका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार