वैशाख २५, २०८१ मंगलबार May 7, 2024

राप्रपाको केन्द्रीय समिति बैठक भोलीदेखी शुरु हुँदैं

पार्टीको कार्ययोजनाको समीक्षा गरी आगामी कार्यदिशा तय गरिने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सोमबारदेखि केन्द्रीय समितिको पूर्ण बैठक काठमाडौँको धूम्रबाराहीमा हुने भएको छ ।

आगामी जेठ ३ गतेसम्म चल्ने बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, निर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लामा भएका साङ्गठनिक गतिविधिको समीक्षा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल गरिने नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

अध्यक्ष राजेन्द्र लिङ्देनले भावि कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन तथा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको सङ्गठनको रणनीति र कार्यनीतिसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ । सचिवालयसम्बन्धी र आर्थिक प्रतिवेदन पनि पेस गरिनेछ ।

बैठकमा पेस हुने सबै प्रतिवेदनमाथि केन्द्रीय सदस्यले आफ्नो धारणा राख्नेछन् । पार्टीको कार्ययोजनाको समीक्षा गरी आगामी कार्यदिशा तय गरिनेछ ।

गत साउनमा सम्पन्न पूर्ण बैठक करिब १० महिनापछि बस्न लागेको बैठकको तयारी सबै पूरा भएको जनाइएको छ । यही वैशाख ३० र ३१ गते बस्ने गरी मिति तय भएको बैठक थप तयारी गर्नुपर्ने भएकाले जेठमा सारिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया