श्रावण ३, २०८२ शनिबार July 19, 2025

थाइल्याण्ड निर्वाचन : फेउ थाईले गठबन्धन सरकारको नेतृत्व गर्ने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः घोषित निर्वाचन परिणामले थाइल्याण्डको कडा चुनावी प्रतिस्पर्धापछि फेउ थाई पार्टीले प्रगतिशील मुभ फरवार्ड पार्टी (एमएफपी) सँग गठबन्धन बनाउने देखिएको थाई अधिकारीहरूले जनाएका छन् ।

निर्वाचन आयोगबाट सोमबार सार्वजनिक तथ्याङ्क अनुसार करिब एक दशकसम्म सेनानिकट परम्परावादी दलहरूलाई भारी पराजयको भट्का दिँदै मुभ फरवार्ड पार्टी सबैभन्दा ठूलो दल बन्ने देखिएको छ ।

अल जजिराका अनुसार ९७ प्रतिशत मतदान केन्द्रको गणनासँगै प्रोग्रेसिभ मुभ फरवार्ड पार्टी (एमएफपी) ले लोकप्रिय मतमा एक करोड ३५ लाख, प्रतिद्वन्द्वी विपक्षी दल फेउ थाईले एक करोड तीन लाख र प्रधानमन्त्री प्रयुत चान–ओ–चाको युनाइटेड थाई नेशन पार्टीले ४५ लाख मत प्राप्त गरेका छन् ।

पछिल्लो मत परिणाम अनुसार यस पहिले थाइल्याण्डको संसदमा विपक्षी दलको भूमिका निर्वाह गर्दै आएका फेउ थाई पार्टी र मुभ फरवार्ड पार्टीले निर्वाचन क्षेत्र र दलीय सूची दुवै दौडमा पालैपालो अग्रता लिइरहेका छन् । मतगणना जारी छ ।

बैङ्कक पोस्टका अनुसार फेउ थाईका प्रधानमन्त्रीका तीन दाबेदारमध्ये एक स्रेथा थाभिसिनले अनौपचारिक नतिजाले फेउ थाई अझै पनि अग्रस्थानमा रहेको देखाएको बताउनुभएको छ ।

सन् २०२० मा गठन भएको युवा नेतृत्वको प्रगतिशील पार्टी एमएफपीले ११५ निर्वाचन क्षेत्र जित्ने प्रबल सम्भावना देखिएको छ भने यसले राष्ट्रव्यापी मतदानका लागि दलद्वारा छुट्याइएको सिटसङ्ख्याको ३३ प्रतिशत हिस्सा ओगट्ने देखिएको छ ।

अर्बपति सिनावात्रा परिवारसँग जोडिएको विपक्षी दल फेउ थाईले ११२ निर्वाचन क्षेत्र र पार्टीको सूचीका २५ प्रतिशत सिट जित्ने अनुमान गरिएको छ ।

सन् २०१४ को ‘कू’ पछि पहिलो पटक सत्तामा आएका प्रधानमन्त्री प्रयुथ चान–ओचाको युनाइटेड थाई नेशन पार्टीले निर्वाचन क्षेत्रमध्ये २५ सिट र पार्टी सूचीको १० प्रतिशत सिट जित्ने अपेक्षा गरिएको छ ।

आइतबार सम्पन्न निर्वाचनबाट तल्लो सदनका पाँच सय सिटका लागि प्रतिस्पर्धा हुँदैछ, जसमध्ये चार सय प्रत्यक्ष निर्वाचित निर्वाचन क्षेत्र हुन् ।

बाँकी समानुपातिक प्रतिनिधित्व प्रणालीअनुसार बाँडफाँड गरिएको छ । फेउ थाई नेता पेटोङ्टार्न सिनावात्राले एमएफपीलाई चुनावी सफलताका लागि बधाई दिँदै सबैभन्दा बढी मत प्राप्त गर्ने पार्टीले अर्को सरकारको नेतृत्व गर्न पाउने बताउनुभएको छ ।

“हामी मुभ फरवार्डसँग कुरा गर्न तयार छौँ, तर हामी आधिकारिक नतिजाको पर्खाइमा छौँ,” उहाँले बैङ्ककमा पत्रकारसँग भन्नुभयो । “म उहाँहरूका लागि खुसी छु,” उहाँले थप्नुभयो ।

सन् २०२० मा युवाको नेतृत्वमा भएको जनलोकतन्त्र समर्थक प्रदर्शनपछिको यो पहिलो निर्वाचन हो भने सन् २०१४ मा भएको सैन्य ‘कू’ले निर्वाचित सरकारलाई अपदस्थ गरेपछिको यो दोस्रो निर्वाचन हो । रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार