भाद्र २, २०८३ मंगलबार August 18, 2026

टोखा नगरपालिका ९ को केही भाग सिल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । टोखा नगरपालिका ९ को केही भाग सिल गरिएको छ। कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोकी २९ वर्षीय महिला अस्पतालबाट डिस्चार्ज भई टोखा पुगेको खुले पछि सिल गरिएको हो । महिला बसेको स्थानमा संक्रमण फैलिएको हुनसक्ने आधारमा सतर्कता अपनाउँदै सिल गरिएको नगरपालिकाले जनाएको छ।

स्वास्थ्य मन्त्रालयले महिला वैशाख २३ गते काठमाडौंको टिचिङ अस्पतालमा भर्ना भएको र २४ गते उनको डेलिभरी भएको जनाएको थियो। २५ गते उनलाई डिस्चार्ज गरिएको र त्यहीँबाट उनी सिन्धुपाल्चोक गएको बताइएको थियो।

तर, हाल भने मृतक महिला सुत्केरी भएपछि सिन्धुपाल्चोक नभइ काठमाडौंकै टोखा वडा ९ मा रहेको आफन्तको घरमा बसेको खुल्न आएको छ। यससँगै टोखा नगरपालिकाको वडा ९ को निश्चित भाग सिल गरिएको टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जानएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
२०८३ भाद्र २, मंगलबार
विदेशस्थित नेपाली दूतावास र नियोगका आवासीय भवन निर्माणको योजना छः मन्त्री खनाल
२०८३ भाद्र २, मंगलबार
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेटवार्ता
२०८३ भाद्र २, मंगलबार
परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका राजदूत लोरेन्जोदको बिदाइ भेट
२०८३ भाद्र २, मंगलबार
प्रदेश अपाङ्गता नीति निर्माणमा जोड दिन्छौँः मुख्यमन्त्री शाही
२०८३ भाद्र २, मंगलबार
सेनाको सहयोगमा बाढीले बगाएको वीरेठाँटी–घान्द्रुक सडक पुनर्निर्माण गरिँदै
२०८३ भाद्र २, मंगलबार
सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण
२०८३ भाद्र २, मंगलबार