काठमाडौँ । टोखा नगरपालिका ९ को केही भाग सिल गरिएको छ। कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोकी २९ वर्षीय महिला अस्पतालबाट डिस्चार्ज भई टोखा पुगेको खुले पछि सिल गरिएको हो । महिला बसेको स्थानमा संक्रमण फैलिएको हुनसक्ने आधारमा सतर्कता अपनाउँदै सिल गरिएको नगरपालिकाले जनाएको छ।
स्वास्थ्य मन्त्रालयले महिला वैशाख २३ गते काठमाडौंको टिचिङ अस्पतालमा भर्ना भएको र २४ गते उनको डेलिभरी भएको जनाएको थियो। २५ गते उनलाई डिस्चार्ज गरिएको र त्यहीँबाट उनी सिन्धुपाल्चोक गएको बताइएको थियो।
तर, हाल भने मृतक महिला सुत्केरी भएपछि सिन्धुपाल्चोक नभइ काठमाडौंकै टोखा वडा ९ मा रहेको आफन्तको घरमा बसेको खुल्न आएको छ। यससँगै टोखा नगरपालिकाको वडा ९ को निश्चित भाग सिल गरिएको टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जानएका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया