श्रावण ३, २०८२ शनिबार July 19, 2025

अमेरिकी राष्ट्रपतिको अष्ट्रेलिया र पुपुवा न्युगिनीको भ्रमण अन्तिम समयमा रद्ध

आगामी साता हुने भनिएको अष्ट्रेलिया र पपुवान्युगिनीको भ्रमण राष्ट्रपति बाइडेनले अन्तिममा आएर रद्द गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कर्जा संकट गहिरिदै गएकाे भन्दै अमेरिकन राष्ट्रपति बाइडेनको अस्ट्रेलिया र पपुवा न्युगिनी भ्रमण रद्ध भएको छ । आगामी साता हुने भनिएको अष्ट्रेलिया र पपुवान्युगिनीको भ्रमण राष्ट्रपति बाइडेनले अन्तिममा आएर रद्द गरेका हुन् ।

जी–७ सम्मेलनमा सहभागी भएपछि उनले यी देशमा भ्रमण गर्ने तय भएको थियो । अब राष्ट्रपति बाइडेनले जापानमा हुने जी–७ सम्मेलनमा सहभागी भएपछि सोझै अमेरिका फर्किने छन् ।

जसकाकारण अस्ट्रेलियामा आयोजना हुदैँ गरेको ‘क्वाड’ सम्मेलनमा अब उनको सहभागिता रहने छैन । ‘क्वाड’ मा सम्मिलित देशहरूको बैठक यही मे २२ देखि २४ तारिखसम्म सिड्नीमा आयोजना हुदैँछ ।

अमेरिकालाई अहिले ३१ हजार ४ सय अर्ब डलर ऋणको बोझ छ । साथै, सरकारले उधारो लिने सीमा पार गरिसकेको छ । तर, ऋण तिर्नका लागि अमेरिकाले अझै ऋण लिनुपर्ने भए पछि अमेरिकी अर्थतन्त्र गहिरो संकटमा पर्न गएको छ ।

आर्थिक बिश्लेषकहरुले थप ऋणका लागि कुनै सम्झौता नभएमा अमेरिकामा जुन महिनादेखि झन् समस्या देखिने आर्थिक बिश्लेषकहरुले जनाएका छन् । यसै बिचमा बाइडेनले सो समस्या समाधान गर्नका लागि गत मंगलबार ह्वाइट हाउसमा आपत्कालीन बैठकसमेत डाकेका थिए ।

यसैबिच, पपुवा न्युगिनीमा हुन लागेको बाइडेनको भ्रमण भने निकै ऐतिहासिक मानिएको थियो । अमेरिकाका बहालवाला राष्ट्रपतिले पहिलो पटक प्यासिफिक आइल्यान्डस्थित देशको भ्रमण गर्न लागेको अवसरमा त्यो क्षेत्रमा उत्साह छाएको थियो । तर, वाईडेनले अन्तिममा भ्रमण रद्ध गरे पछि निराशा छाएको जनाईएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार